संगम मावि व्यवस्थापनमा नवीन गुरुङ

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७७
sangam _Nabin Gurung

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ६ चन्द्रकोटस्थित संगम माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा नवीन गुरुङ सर्वसम्मत अध्यक्ष छानिएका छन् । विद्यालयमा चैत्र ९ गते बसेको बैठकले गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । गुरुङ पूर्व विद्यार्थी मञ्च संगम माविका अध्यक्षसमेत हुन् ।

सदस्यहरु तेजबहादुर क्षत्री (ह्वाँडी), रीता विश्वकर्मा (माझगाउँ), धनबहादुर विक (पात्लेखेत), कमला विश्वकर्मा (लुम्ले) र टीका देवकोटा (लुम्ले) चयन भए । समितिमा शिक्षक प्रतिनिधि रीता देवकोटा (खनाल), वडा प्रतिनिधि अन्नपूर्ण ६ का अध्यक्ष चित्रबहादुर गुरुङ र सदस्य सचिव विद्यालय प्रधानाध्यापक टेकनाथ पोखरेल छन् ।

यता, सन्तोषी विकको अध्यक्षतामा शिक्षक अभिभावक संघ पनि पुनर्गठन गरिएको छ । नवगठित संघमा १ जना सदस्य पछि मनोनयन गर्ने गरी खेमकुमारी विकलाई सदस्यमा चयन गरिएको भूपू विद्यार्थी मञ्चका कोषाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष गुरुङले विद्यालयका समस्या समाधानमा ध्यान केन्द्रित गरी विद्यालयको समग्र शैक्षिक उत्थान र भौतिक विकासका लागि कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । उनले विद्यालयको सर्वांगीण विकासका लागि विभिन्न पक्षाई समेट्दै अघि बढ्ने १२ बुँदे कार्ययोजनासमेत पेस गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width