बिटी कपमा को को विजयी ?

आदर्श समाज सम्वाददाता
फागुन २०, २०७७
Bt cup

पोखरा । पोखरामा जारी सेभेन ए साइड नकआउट अन्तरक्लब फुटबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलका खेल भएका छन् । प्रतियोगितामा चाउथे एफसी, सत्य युवा क्लब, एम टुवेल, मालेपाटन एफसी, बाँझापाटन र कमलपोखरी विजयी भए ।

पुरानो टुँडिखेल मैदानमा जारी चौथोे विरेन स्मृति १४ औं बिटी कप प्रतियोगितामा सिमपानी एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै चाउथे एफसी क्वाटरफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबे्रकरमा धकेलियो ।

अर्को खेलमा सत्य युवा क्लब बाँझापाटन विजयी भयो । संगम एफसीसँगको खेल गोलरहित बराबरी हुँदा टाइब्रेकरमा बाँझापाटन भाग्यमानी बन्यो ।
विष्णुपादुका टिम बिलाई एम टुवेलले ३–०को फराकिलो गोलअन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश ग¥यो । जीतमा मनीष क्षेत्री, अविनाश तामाङ र मनोज गुरुङले समान १ गोल गरे ।

बिन्स बकेटलाई हराउन मालेपाटन एफसीका जेम्स गुरुङले निर्णाय गोल मद्दतले अगाडि बढायो । बाझापाटन टिम बि र रञ्जन मेमोरियल बीचको पाँचौ खेल १–१ गोलको बराबरीमा सकिँदा टाइब्रेकरमा बाँझापाटनल टिम ‘बि’ ले रञ्जनलाई पराजित ग¥यो ।

आयोजक सेतो र लाहाचोक एफसबीचको खेलमा आयोजक विजयी भयो ।

यसैगरी, कमलपोखरी एफसी र फोर टु फाईभबीचको अन्तिम प्रिक्वार्टरफाइनलम १–१ को बराबरीमा सकिएपछि ट्राइबेकरमा कमलपोखरी विजयी भयो ।
प्रतियोगिताको फाइनल शुक्रबार हुने खेल संयोजक निकेश गुरुङले जानकारी दिए । यसअघि नयाँगल्ली युवा क्लब क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width