पोखरा । हेमराज पहारी स्मृति पुरस्कारबाट बकैया मकवानपुरको झरना साहित्यिक परिवार सम्मानित भएको छ । हेमराज पहारीको स्मृति दिवस अवसरमा सोमबार हेटौंडामा आयोजित समारोहमा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपानेले परिवारका अध्यक्ष दीपक गौतमलाई पुरस्कार हस्तान्तरण गरेका हुन् । पुरस्कार राशि १ लाख रुपैयाँ र ताम्रपत्र छ ।
मुख्यमन्त्री पौडेलले पछिल्लो समयमा साहित्यप्रति युवा पुस्ताको रुचि हराउँदै जान थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले नेपाली साहित्यलाई सुस्ताउन नदिन युवा पुस्ता जागरुक हुनु आवश्यक रहेको स्पष्ट पारे । कला, साहित्य र संस्कृति देशको पहिचान भएको भन्दै यस्ता साहित्यिक कार्यक्रमले निकै ठूलो महत्व राख्ने मुख्यमन्त्री पौडेलले बताए ।
नेपाली साहित्यलाई सुस्ताउन नदिन युवा पुस्ता जागरुक हुनु आवश्यक
साझा प्रकाशनका महाप्रबन्धक होम गौतमले नेपालको कला, साहित्य, संस्कृति र संस्कारको संरक्षणका लागि साझा प्रकाशनले ध्यान दिने बताए ।
अग्रज साहित्यकार निमेष निखिल, तुलसी थापा र आरआर चौलागाईंले एक संस्थाले अर्को संस्थालाई सम्मान गर्नु नेपाली वाङ्मयको क्षेत्रमा निकै नमूना काम भएको बताए ।
परिवारका अध्यक्ष दीपक गौतमले पुरस्कार संस्थाका लागि निकै महत्वपूर्ण हुने बताए ।
प्रतिष्ठान अध्यक्ष रीता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठान सदस्य एवं पुरस्कार छनोट समितिका संयोजक हरिदेवी कोइरालाले स्वागत, सदस्य अनिल पौडेल र साहित्यकार लक्ष्मी निरौलाले प्रतिष्ठान र हेमराज पहारीको बारेमा जानकारी र कवि जयन्ता पोखरेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
सो अवसरमा परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी र निवर्तमान अध्यक्ष उद्धव सापकोटालाई सम्मान गरिएको थियो ।
प्रत्येक २ वर्षमा प्रदान गरिने सो पुरस्कारबाट शताब्दीपुरुष सत्यमोहन जोशी, राप्ती साहित्य परिषद्, धरानको विमल गुरुङ स्मृति पुस्तकालय र लोककवि अली मियाँ सम्मानित भैसकेका छन् ।
..
Related News
सम्बन्धित समाचार
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१