एकै खेलमा ११ गोल

विरेन स्मृति बिटी कप जारी

आदर्श समाज सम्वाददाता
फागुन १७, २०७७
BT Photo

पोखरा, १७ फागुन । पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथाैं विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताको दोस्रो दिन एकै खेलमा ११ गोल गर्दै आयोजक सेतो दोस्रो चरणमा प्रवेश गरेको छ ।

पोखराको पुरानो टुडिखेल मैदानमा भएको खेलमा बिटी सेतोले छोरेपाटन एफसीलाई ११–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

आयोजकको जीतमा सुनिल बिकले डबल ह्याट्रिकको योगदान दिए । त्यस्तै लक्ष्मण रुचाल र विनोद गुरुङले समान २ गोल गरे भने सुदिप पाठकले १ गोल थपे ।

त्यस्तै अर्काे खेलमा फोर टु फाईभ एफसीले आयोजक ओरेन्जलाई ४–१ गोल अन्तरले पराजिय गर्याे ।

फोर टु फाईभको जीतमा सकुल गुरुङले २ गोल गरे भने आशिष क्षेत्री र संगम ठकुरीले समान १ गोलको योगदान दिए । आयोजक ओरेन्जको तर्फबाट राजन केसीले सान्त्वना १ गोल फर्काए ।

नारायण गोपाल शितल देवी क्लबलाई २–० को गोल अन्तरले हराउदै एलजी एशोसियसन दोस्रो चरणमा प्रवेश गर्याे । एलजीको जीतमा प्रियसन गुरुङ र विजय गुरुङले समान १ गोलको योगदान दिए ।

अर्काे खेलमा मेरो नेपाललाई रञ्जन मेमोरियलले २–० गोल अन्तरले पराजित गरेको प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले जानकारी दिए । उनका अनुसार रञ्जनको जीतमा सुशान गुरुङ र रोशन छन्त्यालले समान १ गोल गरेका थिए । पाँचौ खेलमा एसवाईसीबीले विष्णु पादुकालाई २–१ गोल अन्तरले पाराजित गर्याे । एसवाईसीबीको जीतमा रविन्द्र मल्ल र खीम गुरुङले समान १ गोल गरे भने विष्णु पादुकाको तर्फबाट विशाल सुनारले सान्त्वना १ गोल फर्काए ।

छैटौ खेलमा लाहाचोक एफसीले काँडे एपेक्सलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान जमायो । लाहाचोकको जीतमा विवेक सन्तोषीले २ गोल र मनिस थापा, दीपेन्द्र नेपाली । अनिल थापा मगरले समान १ गोल दिलाए ।

सातौ खेलमा पाटन एफसीले भदौरे क्लबलाई ३–० गोल अन्तरले हरायो । पाटनको जीतमा कुशल राईले २ गोल र हानोक तामाङले १ गोलको योगदान दिए ।

त्यसैगरी नयांगल्ली र ह्याप्पी ब्रदर्श बिच भएको आठौ खेल गोलरहित बराबरीमा सकिएपछि ट्राईबेकरमा नयांगल्ली ३–१ गोल अन्तरले विजयी बन्यो ।

त्यस्तै अन्तिम खेलमा रत्नसमाज सेवा समिति कस्केरीमाथी कमल पोखरी एफसीले १–० को गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । कमल पोखरीको जीतमा हेम आलेमगरले निर्णायक गोल गरे ।

सोमबार समेत ९ खेल सञ्चालन गरिने बताउदै प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले पहिलो खेल भिमकाली क्लब र एम फाईभ बिच हुने जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width