टाइगर कप भलिबल आजबाट

आदर्श समाज सम्वाददाता
माघ २७, २०७७
Final logo of volleyball tournament 2077

पोखरा । ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०७७’ मंगलबारबाट सुरु हुनेछ । पोखरा रंगशालामा गण्डकी प्रदेश र नेपाल पुलिस (पुरुष) बीच उद्घाटन खेल हुने आयोजक टाइगर ग्रुपले जानकारी दिएको छ ।

महिलातर्फ पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा नेपाल आर्मी क्लबले नेपाल डायमण्ड एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । लिगकम नकाउटको आधारमा महिला र पुरुषको एकैसाथ क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिने ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले बताए । महिलातर्फ ३ विभागीय टोली नेपाल आर्मीको त्रिभुवन क्लब, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र न्यु डायमन्ड एकेडेमी काठमाडौंले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । अध्यक्ष शर्माका अनुसार पुरुषतर्फ पनि आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गण्डकी प्रदेशको टोलीको सहभागिता छ ।

विजेता महिला तथा पुरुष टोलीलाई नगद १ लाख ५० हजार रुपैयाँको पुरस्कार राशिसहित ट्रफी तथा पदक एवं प्रमाणपत्र प्रदान गरिने छ । उपविजेताले महिला तथा पुरुष टोलीले नगद ७५ हजार रुपैयाँ, तेस्रो हुने टोलीलाई भने ३५ हजार राशिको नगदपुरस्कार प्रदान गरिने छ । सान्त्वना पुरस्कार १५/१५ हजार रुपैयाँ प्रदान गरिने छ । महिला तथा पुरुष तर्फ उत्कृष्ट खेलाडीलाई नगद २० हजार प्रदान गरिने छ । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट स्पाईकरलाई नगद ५/५ हजार रुपैयाँ प्रदान गरिने ग्रुपका सचिव प्रकाश बरालले जानकारी दिए । प्रतियोगितामा २५ लाख आम्दानी हुने अनुमान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width