शेषमणि आचार्यको कविता संग्रह ‘हामी’

आदर्श समाज सम्वाददाता
माघ २६, २०७७

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले स्रष्टाहरूले साहित्यमार्फत् नेतृत्वलाई निरन्तर खबरदारी गर्नुपर्ने बताएका छन् ।

शनिबार साहित्यकार शेषमणि आचार्यको कविता शृंखला ‘हामी’ विमोचन गर्दैै प्रदेश प्रमुख शेरचनले देशको समृद्धिका लागि राष्ट्रिय एकता जरुरी रहेको बताए ।

राष्ट्रिय एकताका लागि नेतृत्वलाई स्रष्टाहरूले निरन्तर खबरदारी गर्नुपर्ने भन्दै प्रदेश प्रमुख शेरचनले स्रष्टाहरूले आफ्नो साहित्यमार्फत् देशलाई सही दिशामा हिँडाउन दिशानिर्देश गर्न सक्ने बताए ।

१ सय ७६ औं नियमित काव्य शृंखला समेत रहेको कार्यक्रममा स्रष्टाहरूले खबरदारीपूर्ण विभिन्न साहित्यिक रचना वाचन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै