पोखरामा बिएमडब्लुको टेस्ट ड्राइभ

आदर्श समाज सम्वाददाता
माघ २५, २०७७
bmw (1)

पोखरा । बिएमडब्लु मोटर्स्का गाडीको टेस्ट ड्राइभ आइतबार पोखरामा भएको छ । बिएमडब्लुका लागि नेपालको आधिकारिक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्स्ले पोखराको सांग्रिला भिलेज रिसोर्टमा टेस्ट ड्राइभ कार्यक्रम गरेको हो ।

प्रिमियम कार मन पराउने ग्राहकहरु बिएमडब्लुको टेस्ट ड्राइभमा सहभागी भएको लक्ष्मी हाउसका कार्यकारी निर्देशक निराकार श्रेष्ठले बताए । कम्पनीले पोखरामा टेस्ट ड्राइभका लागि बिएमडब्लुको एक्स फाइभ र एक्स थ्री गाडी उपलब्ध गराएको थियो । बिहान ११ देखि ४ बजेसम्मका लागि राखिएको कार्यक्रममा प्रिमियम कार पारखीको उल्लेख्य सहभागिता रहेको कम्पनीका सेल्स मेनेजर प्रवोध श्रेष्ठले बताए । उनले भने, ‘पारखीहरुबाट सकारात्मक प्रतिक्रियबाट हामी उत्साही छौं ।’

उत्कृष्ठ ब्रान्डको अनुभूति प्रदान गर्ने प्रिमियम ‘वनरसिप जर्नी’ प्रदान गर्ने लक्ष्यसहित लक्ष्मी प्रिमियमले बिएमडब्लुलाई नेपाली बजारमा उपलब्ध गराएको जनाएको छ । बिएमडब्लु एसिया र बिएमडब्लु बंगलादेशसँग सहकार्य गरी जर्मन ब्रान्ड बिएमडब्लुलाई लक्ष्मी प्रिमियमले नेपाली बजारमा स्थापित र बजारीकरण गर्दै आएको छ । कम्पनीले भनेको छ, ‘ग्राहकहरुले डाइनामिक, इनोभेटिभ तथा बोल्ड कारको अनुभव गर्नु पाउनुहुनेछ ।’

Related News

सम्बन्धित समाचार

hero news full width