काठमाडौं । रियस सोसिडाडलाई हराउँदै क्याटलोनियन क्लब बार्सिलोना सुपरकोपा–डि स्पानाको फाइनलमा प्रवेश गरेको छ।
बुधबार राति सम्पन्न खेलको निर्धारित समयमा बराबरी भएपछि टाईब्रेकरबाट सोसिडाडाई ३–२ गोलले हराउँदै बार्सिलोना फाइनल प्रवेश गरेको हो।
प्रतिस्पर्धात्मक खेलको ३९ औं मिनेटमा गोल गर्दैै बार्सिलोनाले पहिलो हाफमै अग्रता बनाएको थियो। तर ५१ औं मिनेटमा सोसिडाडका माइकेल ओयरजबलले पेनाल्टीमार्फत् गोल गरेपछि भने खेल बराबरीमा आयो।
निर्धारित ९० मिनेटपछि थपिएको अतिरक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट नतिजा लिइएको हो।
जहाँ बार्सिलोनाले ३ गोल गर्न सफल भयो भने सोसिडाडले २ गोल मात्र गर्यो। लगातार तीन पेनाल्टी सेभ गरेका बार्सिलोनाका किपर टेर स्टेगेन म्यान अफ दि म्याच बने।
अब बार्सिलोनाले फाइनलमा रियल मड्रिड र एथ्लेटिक क्लबको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ। रियल र एथ्लेटिकबीच दोस्रो सेमिफाइनल खेल आज राति हुनेछ।
Related News
सम्बन्धित समाचार
पोखरा ७ स्तरीय वृहत दौड प्रतियोगिता
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१