न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाइ अभ्यास आदानप्रदान

आदर्श समाज संवाददाता
पौष २४, २०७७
walling mun

वालिङ । वालिङ नगरपालिकाको न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाइ तथा अभ्यास आदानप्रदान गरिएको छ ।

द एसिया फाउण्डेशन नेपालको सहयोग, वालिङ नगरपालिकाको समन्वय र प्राकृतिक द्वन्द्ध रुपान्तरण केन्द्र नेपालको आयोजनामा सो आदानप्रदान गरिएको हो ।

न्यायिक समिति तथा १४ वटै वडामा रहेका मेलमिलाप केन्द्रका संयोजकहरु सहभागी भएको उक्त कार्यक्रममा न्यायका क्षेत्रमा वडा–वडाका असल अभ्यासहरु, समस्यालगायत विषयमा छलफल भएको थियो ।

नगर प्रमुख दिलीपप्रताप खाँणले वडा–वडामा स्थापना भएको मेलमिलाप केन्द्रमार्फत मेलमिलापकर्ताले फाटेका मनहरु सिलाउने गरी न्याय सम्पादन गर्न सुझाव दिए । ‘न्याय सम्पादन गर्नेक्रममा मन फटाल्ने गरी नभई फाटेका मन सिउने गरी न्याय सम्पादन गर्नतर्फ जोड दिनुहोस्,’ नगर प्रमुख खाँणले भने, ‘जसरी भए पनि सर्वमान्य हिसाबमा न्याय पाएको अनुभूतिहोस्, न्याय मर्न दिनुहुँदैन भन्ने कुरा ख्याल गर्नुपर्छ ।’

उपप्रमुख एवं न्यायिक समिति संयोजक कल्पना तिवारीले मेलमिलाप केन्द्रमार्फत हेर्न मिल्ने विवादमात्रै मिलापत्र गराउनुपर्नेमा जोड दिइन् । उनले मेलमिलाप केन्द्रलाई प्रभावकारी बनाउनका लागि आवश्यक तालिम तथा अध्ययन अवलोकन भ्रमणको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, वडा १ का वडाध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्ले, द एशिया फाउन्डेसनका गण्डकी प्रदेश संयोजक पूर्ण परियार, वालिङ नगरपालिका कानून शाखा प्रमुख नरबहादुर पौडेल, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रका रमिला होमागार्इँ र इरादा पहारीलगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का…
  • पोखरामा १४ मजदुर सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले…
  • ‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वमा शान्ति छर्न ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको महत्वपूर्ण योगदान रहेको बताएका छन् । ब्रह्मकुमारी…
  • रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । रानाभाट तथा भाट जातिमा रहेकोे अन्योल छिट्टै अन्त्य हुने भएको छ । रानाभाट तथा भाट जातिलाई छुट्टै जातिमा…
  • मानव सेवा अश्रममा खाना खुवाइयो

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । रोटरी क्लब अफ नक्साल शक्तिको स्थापना दिवसका अवसरमा पोखराको हेमजामा रहेको मानव सेवा आश्रमा बिहानको खाना खुवाइएको छ…

hero news full width