पार्किङ शुल्कविरुद्ध नागरिक समाज

आदर्श समाज सम्वाददाता
पौष ४, २०७७
Parking Photo

पाेखरा । पोखरा महानगरपालिकाको पार्किङ शुल्क ठेक्का विषयमा नागरिक समाज पोखराले ध्यानाकर्षण भएको जनाएको छ । सार्वजनिक सडक, पेटी किनाराको खाली ठाउँ पार्किङस्थल रुपमा शुल्क उठाउँदा आमनागरिकलाई गम्भीर असर परेको भन्दै नागरिक समाजले शुक्रबार महानगर प्रमुख मानबहादुर जिसीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
समाजतर्फबाट संयोजक इन्द्रकमल मानन्धरसहितको टोलीले पत्र बुझाउँदै सुन्दर नगरी पोखरालाई व्यवस्थित पार्किङ्ग र उचित स्थानमा पार्किङ क्षेत्र राख्नसमेत माग गरिएको छ ।

जथाभावी रुपमा शुल्क उठाउँदा नागरिक अधिकारमाथि नै प्रश्न उठेको र महानगरको सेवामा असर परेकोले सोमा सचेत हुन आग्रह गरिएको छ ।

कार्यक्रममा महानगरका प्रमुख जिसीले पोखरालाई व्यवस्थित गर्न निजी सवारीसाधन प्रयोगकर्ताले साधनको व्यवस्थापनमा ध्यान दिन नसक्दा ट्राफिक व्यवस्थापनमा समस्या परेकोले नागरिक समाजले सहयोग गर्नुपर्ने बताए ।

सोही अवसरमा नागरिक समाजका पूर्व संयोजक विष्णुहरि अधिकारी, प्रवक्ता गोकुल कार्की, सल्लाकार शशि तुलाचनलगायतले पार्किङ र शुल्क व्यवस्थित हुनुपर्ने मा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width