तनहुँ, २५ कार्तिक । जिल्लाको भिमाद नगरपालिका वडा नं २ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
भरुवा बन्दुक लिएर हिडिरहेको अवस्थामा सोही वडाको सीमलबोटका ६० वर्षीय टुकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा प्रहरी चौकी किँहुबाट खटिएको प्रहरी टोलीले थापालाई बन्दुकसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनको साथबाट प्रहरीले एकनाले भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । थापाबिरुद्ध हातहतियार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भूगोलविद् डा. हर्कको सालिक अनावरण
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१