१. कोरोना संक्रमणको लक्षण देखिने वित्तिकै मानिसहरु स्वास्थ्य जाँचको लागि अस्पताल जान्छन् । त्यतिमात्र हाइन, लक्षण नै नदेखिए पनि संक्रमित व्यक्तिको संसर्गमा रहेको व्यक्तिले समेत सरेको हुने आशंकामा स्वास्थ्य जाँच गराउने गरेको पाइन्छ । कतिपयमा लक्षण नदेखिएको र संक्रमितको संसर्गमा रहेको थाहा नभएको अवस्थामा पनि कोरोना देखिदा स्थिति जटिल बन्दै गएको छ ।
२. कतिपय स्थानमा स्वास्थ्य निकाय, स्थानीय निकाय एवम् नगरपालिकाले कडाई साथ नियन्त्रणका उपाय अबलम्बन गर्दा गर्दै पनि संक्रमण देखिएको छ । समुदायस्तरमा कोरोना बढ्न थालेपछि बेनीमा संक्रमितको खोजि अभियान सुरु गरिएको छ । संक्रमणको लक्षण हुँदा हुँदै पनि बेवास्ता गरि बस्ने वा रोग लुकाएर बसेका हुन सक्ने आशंकामा खोजी अभियान सुरु गरिउको हो । बेनी नगरापलिका, डिसिसिएमसी, स्वास्थ्य कार्यालय समेतको टोलीले घरघरमा पुगेर कोरोना संक्रमितको खोजीका साथै जनतामुलक सन्देश प्रवाह गर्ने कार्यको थालनी भएको समाचार प्राप्त भएको छ ।
३. घरघरमा पुगेको स्वास्थ्यकर्मीको टोलीले संक्रमित भएको नभएको, जनस्वास्थयका मापदण्ड गरे नगरेको वा नगरेको भए पालना गर्ने प्रतिबद्धता गराउने कार्यक्रम सहितको लागेको छ । बेनीको बजार क्षेत्र गरिएको उक्त अभियानले अवश्य सफलता प्राप्त गर्ला । बेनीमा सञ्चालित उक्त अभियान सिको अन्यत्र पनि गर्न सकिन्छ । तर अपर्याप्त स्वास्थ्यकर्मी, सीमित श्रोत र साधन भएका स्थानमा भने गर्न कठिन छ । तर जे जति गर्न सकिन्छ, त्यति गर्न सम्बन्धित क्षेत्रले नीच मागर्नु हुदैन ।
४. कोरोना संक्रमणबाट बँच्न नियमति हातधुने, सेनिटाइजर लगाउने, मास्क प्रयोग गर्ने र भौतिक दूरी कायम राख्ने, भिडभाडमा नजाने आदि कुरा नै महत्वपूर्ण मानिन्छ । यति कुराको पनि पालना नगर्नु संक्रमण निम्त्याउनु हो । लापरवाहीले आफू मोत्र होइन समुदायलाई नै संकटमा पार्दछ । बेवास्ताले गर्दा नै कोरोना भित्रभित्रै भुस भित्रको आगो झै सल्कदै गईरहेको छ ।
५. कोरोना संक्रमित बढिरहँदा अस्पतालहरु भरिभराउ छन् । आइसियूमा वेड खाली छैन । अस्पतालमा ठाउँ नहुँदा संक्रमित घर डेरामै बस्नु पर्ने बाध्यता छ । उपचार पाउन सक्ने अवस्था पनि छैन । यस्तो स्थितिबारे थाहा हुँदाहुँदै पनि लापरवाही गरेर महामारी निम्त्याउनु अपराध हो । यस्तो अपराध कसैले नगरौं, आफू पनि बचौं र अरुलाई पनि बचाउन सहयोग पुर्याउँ । तबमात्र हामी यो महामारीबाट मुक्त हुन सक्दछौं ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१