पोखरा, १४ कार्तिक । कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भएको अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडकमा कालोपत्रे गर्ने कार्य शुरु भएको छ ।
पोखरा महानगर पालिका वडा नं. १६ र १९ लाई समेटेर निर्माण भैरहेको करिव १२ किलोमिटर सडक अन्तर्गत हाल ४ किलोमिटर सडक खण्डमा ठेकेदार कम्पनी जि एस आर निर्माण सेवाले सडक निर्माणलाई तिव्रता दिएको हो।
करिव आधा किलोमिटर सडक ढलान गरिएको छ भने वाँकी सडकमा कालोपत्रे गर्ने कार्य जारी रहेको निर्माण कम्पनीले जनाएको छ। चैतमा नै कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने योजनाका साथ काम गरेको कम्पनीले लकडाउनका कारण ६ महिना पछी आएर मात्र काम शुरु गरेको जनाईएको छ ।
भौतिक योजना तथा पुर्वाधार मन्त्रालय गण्डकी प्रदेश सरकारको आयोजना अन्तर्गत कुल ७ करोड ८२ लाखमा ठेक्का लिएको कम्पनीले सडक चक्ल्याउने, नाला निर्माण र रिटेलिङ्ग वालको निर्माण सम्पन्न गरेको छ भने कालोपत्रे गर्ने कार्य शुरु गरेको उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेलले जानकारी दिए। हाल अमलाविसौनी देखि घार्मीको मैदानसम्म कालोपत्रे गरिने र वाँकी सडक खण्डमा पनि छिट्टै निर्माणको काम गरिने सचिव पौडेलले वताए।
यसैविच जारी कामको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत व. विश्वकर्मा, पोखरा १९का वडाध्यक्ष शोभामोहन पौडेल सहितको टोलीले निरीक्षण गरेको छ। दशैं मनाउन गाउँ आउनुभएका मन्त्री विश्वकर्माले त्यही शिलशिलामा निमार्णाधिन सडकको अवलोकन गरेका हुन्।
निरीक्षणका क्रममा वडाध्यक्ष पौडेलले सडक गुणस्तरयुक्त हुनुपर्नेमा जोड दिदै, कुनै किसिमको हेलचक्रयाइ नगर्न सुझाव दिए। वडाध्यक्ष पौडेलले भैरहेको काम सन्तोषजनक रहेको वताउदै तिव्र रुपले काम भैरहेकाले यसले छिट्टै पुर्णता पाउने विश्वास व्यक्त गरे। पौडेलले यस सडक निर्माणमा जनताको अधिक पसिना वगेको स्मरण गर्दै छिट्टो काम सम्पन्न गर्न पनि निर्देशन दिए ।
वि.स. २०४१ सालवाट त्यस क्षेत्रमा सडक लैजान योजना शुरु भएता पनि विभिन्न अवरोध र वजेट अभावका कारण सडक अलपत्र परेको थियो ।३६ वर्ष पछि वल्ल त्यस क्षेत्रमा कालोपत्रे सडक पुगेपछि त्यस क्षेत्रका वासिन्दा हर्षित भएका छन । स्थानिय चन्द्र व वि.कले सडक र खानेपानीको सुविधासँगै अव यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने वताए।
उक्त सडकलाई राष्ट्रिय योजनामा पार्न हाल गण्डकी प्रदेशका सासंद रहेका तत्कालिन मन्त्री कुमार खड्काले भुमिका खेलेका थिए। यस्तै लामाचौरकै गौरवको रुपमा रहेको लिफ्टीङ्ग खानेपानी आयोजनाको काम पनि भैरहेको छ । आयोजना अन्तरगत घार्मीमा टंकी निर्माणको काम सम्पन्न भएको र अव छिट्टै घरघरमा पाइप लाईन वितरणको काम शुरु गरिने सचिव पौडेलले जानकारी दिए। हाल वडा नम्वर १९ भित्र विकास निर्माणका विभिन्न कार्यले तिव्रता पाएका छन् ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१