पोवि रजिष्टारमा तिवारी

आदर्श समाज सम्वाददाता
कार्तिक ५, २०७७
Bishnuraj Tiwari

लेखनाथ, ५ कार्तिक । पोखरा विश्वविद्यालयको निमित्त रजिष्टारमा प्रा.डा. विष्णुराज तिवारी नियुक्त भएका छन् । उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले तिवारीलाई वरिष्ठतम प्राध्यापकको आधारमा रजिष्टारमा नियुक्त गरेका हुन् ।

एक वर्षदेखि रिक्त रहेको पदमा राजनीतिक भागवण्डाका आधारमा पोखरा विश्वविद्यालयमा काँग्रेस कोटाबाट उपकुलपति अर्याल नियुक्त भएका थिए ।

विश्वविद्यालयमा राजनीतिक भागवण्डाका आधारमा नेकपाको भागमा रजिष्टार पद रहे पनि केन्द्रबाट नाम सिफारिश भएर नआएको हुँदा हालका लागि तिवारीलाई निमित्त रजिष्टारको रुपमा अन्य व्यवस्था नभएसम्मका लागि जिम्मेवारी दिईएको हो ।

यस अघि पनि तिवारीले कार्यवाहक उपकुलपतिरुपमा ९ महिना र रजिष्ट्रारको रुपमा ३ महिना जिम्मेवारी सम्हालेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width