जनजागृतिको १० औ अधिवेशन

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७७
gana garakati club progrem photo

हेमजा, २५ असोज । माहापुच्छ्रे गाउँपालिका–५, रिभान, लामपाटा स्थित जनजागृति युवा परियारको शनिबार सम्पन्न १० औ अधिवेशनले श्रीकृष्ण लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सीता भण्डारी दाहाल, सचिवमा अनिल लामिछाने, सह–सचिवमा ओमप्रकाश दाहाल, कोषाध्यक्षमा खिमलाल लामिछाने चयन भएका छन् । त्यस्तै अन्य सदस्यहरुमा भोलानाथ लामिछाने, राम लामिछाने, देवी थापा क्षेत्री, विन्दु लामिछाने र सिर्जना लामिछाने चयन भए ।

वडाध्यक्ष जुमबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका बीच क्रियापुत्री थलो निर्माणमा जग्गादान गर्ने लिलु लामिछाने र मोहनलाल लामिछानेलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

त्यसैगरी २०७५ र २०७६ सालको एसइई उत्तीर्ण रोशन क्षेत्री, सम्झना लामिछाने र पूर्णिमा लामिछानेलाई पनि नगद सहित प्रमाणपत्रले सम्मान गरियो ।

क्लव अध्यक्ष सोमनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव सुर्यप्रसाद लामिछानेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width