पोखरा । प्राडा गोविन्द केसीको १९ औं आमरण अनशनको २४ औं दिन पुगिसक्दा समेत सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले बुधबार विरोधका कार्यक्रम घोषणा गरेको छ ।
संघले विज्ञप्ति जारी गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड–१९का सेवा बाहेक अन्य सेवा बन्द गर्ने घोषणा गरेको हो । जसअनुसार संघले बिहीबार बिहान ९ बजेदेखि ११ बजेसम्म देशभर आकस्मिक तथा कोभिड–१९ बाहेकका सेवा बन्द गरी धर्ना दिने भएको हो । पहिलो दिन २ घण्टा सेवा बहिष्कार सहित धर्ना दिने तय भएकोमा शुक्रबार भने पूरै दिन आकस्मिक र कोभिड १९ बाहेकका सेवा बहिष्कार गर्ने संघले जनाएको छ ।
आन्दोलनअन्तर्गत स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरी संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्रांगणमा जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दूरी कायम गर्दैै धर्ना गर्ने निर्णय समेत गरेको विज्ञप्तिमा उल्लेख छ । साथै अर्को सूचना जारी नभएसम्मका लागि कालोपट्टी बाँधेर चिकित्सकहरुले रिलेअनसन गर्ने भएका छन् ।
संघद्वारा घोषणा गरिएका विरोधका कार्यक्रमहरुबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
असोज १८ मा प्राडा केसीको जीवनरक्षाका निम्ति सरकारलाई ७२ घण्टाको समयावधि उपलब्ध गराई वार्ता टोली गठन गरी वार्ता र संवादको माध्यमबाट अविलम्ब सत्याग्रहको अन्त्य गर्न आग्रह गरेको थियो ।
डा केसी भने चिकित्सा क्षेत्रको सुधार माग राख्दै लगातार अनशनरत् छन् । २४ दिनदेखि जुम्लाबाट अनशन सुरु गरी उनी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा छन् । उनको स्वास्थ्य अवस्थासमेत जटिल बन्दै गएको बताइएको छ ।
यसैबीच, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबारको सचिवालय बैठकमा प्राडा केसीको जीवनरक्षाका सन्दर्भमा छलफल हुँदा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले लागि सो विषयमा सरकार गम्भीर रहेको र वार्ताका लागि प्रक्रिया शुरु भइसकेको जनाएका थिए ।
बैठकले कोरोना महामारीको विषम स्थितिमा अनशन अन्त्य गराई वार्ताबाट समस्याको समाधान गर्न प्राडा केसीलाई आग्रह गरेको थियो । सो बमोजिम बुधबारमात्र वार्ता टोली गठन गरिएको छ ।
मैनालीको संयोजकत्वमा वार्ता टोली
सरकारले प्राडा गोविन्द केसीको अनशनको सन्दर्भमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।
टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलीप शर्मा सदस्य छन् ।
शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको हो । मंगलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि समिति गठन गरिएको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बिहीबारदेखि नै वार्ता थाल्न निर्देशन दिएको बताएका छन् ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१