१. फेवातालका मीठा माछा खान पाइने भनेर चिनिएको पोखरा–१८, स्थित खपौदी अब माछाको लागि मात्र होइन अरु हरियो तरकारी पनि पाइने बजार बनेको छ । स्थानीयको पहल र पोखरा महानगरपालिकाको सहयोगमा खोलिएको खपौदी फेवा किसान बजारको शुक्रबार उद्घाटन भयो । उक्त बजारको सञ्चालनपछि स्थानीय किसानहरुलाई आफूले उत्पादन गरेको बस्तु विक्री गर्न सहज भएको छ । यसैगरी ग्राहकहरुले पनि सरल मुल्यमा ताजा तरकारी पाउनेछन् ।
२. फेवातालको उतरर्फ किनारामा रहेको खपौदीमा जलारीहरुको पुरानो वस्ती पनि छ । उनीहरुले परम्परादेखि नै माछा मार्ने र विक्री गरेर आफ्नो जिवीका चलाउँदै आएका थिए । यता केही वर्ष अघि देखि तालमा केज नै राखेर व्यवसायिक रुपमै माछापालन गर्दै आएका उनीहरुलाई मत्स्य विकास अनुसन्धान केन्द्रले पनि सहयोग गर्दै आएको छ । जलारीहरुको आफ्नै माछा व्यवसायी समिति पनि गठन भएको छ । खपांैदी किसान बजारको सञ्चालनले त्यहाँका मत्स्य व्यवसायीलाई पनि अवश्य सहयोग पुग्दछ ।
३. किसान बजारको स्थापनाले साना किसानहरुले अझ बढी राहत पाउँछन् । आफूले उत्पादन गरेको थोरै चिज पनि लिएर बेच्न टाढा जानुपर्ने समस्या रहँदैन । अर्काेतर्फ किसानले उत्पादनको सही मुल्य नपाउने र उपभोक्ताले पनि बढी मुल्य तिनूपर्ने अवस्था पनि हुँदैन । विचौलियाहरु मात्र मोटाउने भई रहेको स्थितिमा किसान बजारले सबैलाई सुविधा पुग्दछ । किसान बजार स्थानीय रुपमा तरकारी संकलन केन्द्रकै रुपमा रहेकोले व्यापारीहरुका लागि पनि सहज बन्दछ ।
४. किसान बजार अन्न, फलफूल, तरकारीका लागि मात्र होइन कृषकलाई आवश्यक वस्तुहरुको पनि बजार बन्नु पर्दछ । किसानहरुले आफूलाई चाहिने मल, विऊ कृषि औजार आदि सामग्रीहरु पनि पाउन सकुन् । अहिले कृषि उत्पादनको विक्रीको लागि मात्र सामान्य रुपमा खोलिएको भएतापनि यसको विस्तार गर्ने सोँच राखि त्यही अनुरुपको योजनाको तयारी गर्नुपर्दछ ।
५. पोखरा–१३ नं. वडाको काहूँखोला, १६ को बाटुलेचौर, १७ को विरौटा, २६ को तालचोक लगायतका स्थानमा कृषि बजार खोलिएको भए पनि कतिपय स्थानमा राम्रो व्यवस्थापन नहुँदा उपयोग हुन सकेको छैन । किसान बजार खोल्ने मात्र नभई वेलावेलामा अनुगमन र निगरानीको आवश्यकता पर्छ । अन्यथा नामका लागि मात्र काम हुने हो भने गरेको लगानी समेत खेर जान्छ । यसतर्फ समयमै सचेत रहन जरुरी छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१