इ–प्लानेट भर्चुअल अष्ट्रेलियन एजुकेशन फेयर

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७७
fair australian

पोखरा  । एजुकेशन प्लानेटले असोज १६ मा भर्चुअल प्रविधिद्वारा मेला आयोजना गर्ने भएको छ । मेलाको नाम, ‘इ–प्लानेट भर्चुअल अष्टे«लियन एजुकेशन फेयर’ तय गरिएको छ ।

अष्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको सहभागीता रहने मेलामा नेपाल लगायतका विभिन्न देशहरुबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरु सहभागी भई प्रत्यक्ष लाभ लिन सक्ने कम्पनीका कार्यकारी निर्देशक नयन लामिछाने बताए ।

उनका अनुसार मेलाबाट विद्यार्थी तथा अभिभावकहरुले विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष संवाद गर्न सक्ने छन् ।

विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यता अनुसारको छात्रवृत्ति, निशुल्क आवेदन तथा अन्य विशेष छुटहरु प्राप्त गर्नुका साथै अध्ययन गर्न जान चाहेका विश्वविद्यालयहरुमा सिट सुनिश्चित समेत गर्न सक्ने कम्पनीका कार्यकारी प्रमुख सविन पण्डित क्षत्रीले बताए ।

कोरोना महामारीको परिस्थिति मध्यनजर गर्दै विद्यार्थीले अष्ट्रेलियामा अध्ययन गर्न जानेबारे सबै जानकारी दिन र जिज्ञाशाको समाधान गर्न प्लानेटले विभिन्न माध्यमबाट सेवा दिँदै आएको छ ।

फेयरबारे जानकारी दिँदै कम्पनीका प्रबन्धक बुद्धिबहादुर गुरुङले एजुकेशन प्लानेटका शाखाहरु लगनखेल, चितवन, कावासोती, बुटवल, पोखरा, इटहरी हुँदै भारतको हैदरावादबाट पनि विद्यार्थीको उल्लेखनीय सहभागिता रहने बताए । कम्पनीले १६ वर्षदेखि एजुकेशन कन्सल्टेन्सी क्षेत्रमा विश्वसनीय सेवा प्रदान गर्दै आएको दाबी गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width