सिर्जनशील लाेकतान्त्रिक प्रतिष्ठानले शनिवार पैताला उपन्यासमाथि विमर्श कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिष्ठानका पूर्व अध्यक्ष प्रा.डा. विष्णुप्रसाद पाैडेलले `पैताला उपन्यासका प्रमुख प्रयाेगहरूकाे विमर्श´ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै उपन्यासमा तन्त्र, मायिक यथार्थ, स्वैरकल्पना, मिथक, अाख्यानकार र समाख्याताबिचकाे द्वन्द्व, श्याम व्यङ्ग्यकाे कलात्मक प्रयाेग भएकाे बताए ।
अत्यधिक प्रयाेगशील शिल्प, अभाैतिक वा अमूर्त तहकाे चिन्तन र कतिपय व्यवस्थापनकाे कम कुशलताले उपन्यास सहज बाेधगम्य नभएकाे तर सचेत बाैद्धिक पाठकका निम्ति अर्थपूर्ण चुनाैतीका रूपमा र लेखकमा अन्तर्निहित प्रचुर सिर्जन सामर्थ्य सम्भावना पनि सहजै ध्वनित भएकाे उनकाे निष्कर्ष थियाे ।
कार्यपत्रमाथि टिप्पणी गर्दै प्रा.डा. गाेविन्दराज भट्टराईले कार्यपत्र स्तरीय भएकाे र प्रयाेगवादी कृतिलाई हेर्ने सैद्धान्तिक धारणा बलियाे देखिएकाे बताए । नेपाली भाषामा लेखिएका महत्त्वपूर्ण पाँच प्रयाेगवादी उपन्यासमा पैताला पर्ने र त्यसप्रति गहिराे दृष्टि कार्यपत्रमा अएकाे उनकाे धारणा थियाे।
कार्यपत्रमाथि टिप्पणी गर्दै समीक्षक राजकुमार बानियाँले कार्यपत्र बलियाे भए पनि उपन्यासमा प्रमुख प्रयाेगका रूपमा देखिएकाे मिथकीय प्रयाेगकाे कम चर्चा भएकाे धारणा राखे । वादका बास्केटबाट माथि उठेर कृतिको समीक्षा गर्नुपर्ने उनकाे धारणा थियाे ।
उपन्यासमाथि उठेका प्रश्नको जवाफ दिँदै सर्जक गनेस पाैडेलले ३५ वर्षसम्म पढेका पुस्तककाे ज्ञानबाट उकुसमुकुस भएर उपन्यास लेखेकाे बताए । उपन्यास लेखनकाे पृष्ठभूमिमा अङ्ग्रेजी पुस्तक `बाटामा बुद्ध भेट्याै भने मारिदिनू´ काे महत्त्वपूर्ण भूमिका रहेकाे उनले बताए । उपन्यास चेतन, अवचेतन तथा अचेतनकाे तहबाट संरचित भएकाे कुरा पनि उनले बताएका थिए ।
डा. जगन्नाथ रेग्मी, डा. लक्ष्मीशरण अधिकारी, डा. नवराज न्याैपाने, प्रा.डा. कुमार काेइराला, टङ्क बराल, डा. सवीन्द्र भण्डारी, सञ्जीव पाैडेल, ईश्वरमणि अधिकारी, सुरज पाैडेल तथा यादवराज उपाध्यायले कार्यपत्रमाथि जिज्ञासा राखेका थिए ।
कार्यक्रमकाे अध्यक्षता गरेका प्रतिष्ठानका अध्यक्ष डा. भूमिराज बस्ताकाेटीले कार्यक्रमकाे उद्देश्यमाथि प्रकाश पारेका थिए भने उपाध्यक्ष सुरज पाैडेलले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमकाे सञ्चालन सचिव डिल्लीराम पाैडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१