पोखरा । इङ्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले नयाँ सिजनमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको चेल्सीलाई २–० गोलले पराजित गर्दै लिभरपुलले लगातार दोस्रो जित निकालेको हो ।
लिभरपुलको जितमा दुवै गोल साडियो मानेले नै गरे । पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर आन्द्रिएस क्रिस्टेनसनले रातो कार्ड पाएपछि लिभरपुलको जित सहज बनेको थियो । गोलरहित पहिलो हाफमा दुवै टोलीले प्रतिस्पर्धात्मक खेल खेलेपनि दोस्रो हाफमा लिभरपुलले कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गर्न सक्यो ।
पहिलो हाफको इन्जुरी समयमा चेल्सी दस खेलाडीमा समेटिएको थियो । चेल्सीका डिफेन्डर आन्द्रेस क्रिस्टियन्सनले मानेमाथी फाउल गरेपछि उनले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । खेलको ५० औं मिनेटमा मानेले पहिलो गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । उनले रोवर्टो फिरमिनोको पासलाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरे ।
त्यसको ४ मिनेट नबित्दै लिभरपुलले अग्रता दोब्बर बनायो । चेल्सीका गोलरक्षक किपा अरिजाबालागाको मिस पासलाई मानेले आफ्नो नियन्त्रणमा लिँदै गोल गरेका थिए । ७५ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र टिमो वेरनरलाई फाउल गरेपछि पाएको पेनाल्टीमा जर्जिन्होले गोल गर्न सकेनन् । उनको पेनाल्टी लिभरपुलका गोलरक्षक एलिसनले सहजै बचाएपछि लिभरपुलले खेल २–० ले जितेको हो ।
यस जितसँगै लिभरपुलले तालिकामा ६ अंक जोडेको छ । लिभरपुलले पहिलो खेलमा लिड्स युनाइटेडसँग ४–३ ले जित निकालेको थियो । पराजित चेल्सीले पहिलो खेलमा ब्राइटनलाई पराजित गरेको थियो ।
त्यस्तै, इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनहाम हट्सपरले पनि ३ अंक जोड्न सफल भएको छ । यस सिजनको प्रिमियर लिग अन्तर्गत एभर्टनसँग आफ्नो पहिलो खेल गुमाएको हट्सपरले आइतबार साउथ ह्याम्प्टनलाई ५–२ को शान्दार जित निकाल्दै ३ अंक जोडेको हो ।
टोटनहामको जितसँगै सन ह्युङ मिन र ह्यारी केनले इङ्लिस प्रिमियर लिगमा नयाँ कीर्तिमान बनाएका छन् । टोटनहामको जितमा दक्षिण कोरियाली खेलाडी सन ह्युङ मिनले सुरुवाती ४ गोल गरेका थिए ।
सन ह्युङको ४ वटै गोलका लागि ह्यारी केनले असिस्ट गरेका थिए । टोटनह्यामका लागि १ गोल भने स्वयं केनले नै गरेका थिए । खेल सकिन ८ मिनेट बाँकी रहँदा केनले टोलीका लागि अन्तिम गोल गरेका थिए ।
इङ्लिस प्रिमियर लिगको एउटै खेलमा एउटै खेलाडीले ४ गोल गरेको नयाँ कीर्तिमान हो । प्रिमियर लिगमा कुनैपनि खेलाडीले एकै खेलमा एउटै खेलाडीका लागि ४ गोलको अवसर सिर्जना गरेको यो पहिलो पटक हो ।
त्यस्तै, एकै खेलमा ४ वटा गोलको अवसर सिर्जना गर्ने उनले पहिलो इङ्लिस खेलाडी पनि हुन् । लिगको इतिहासमा यसो गर्ने उनी छैटौँ खेलाडी हुन् । त्यस्तै, सन् २०१८ मा मोहमद सलाह पछि एकै खेलमा ५ वटा गोलमा संलग्न हुने उनी पहिलो खेलाडी हुन् ।
खेलमा अग्रता भने साउथह्याम्प्टनले लिएको थियो । साउथ ह्याम्प्टनका लागि दुबै गोल ड्यानी इङ्सले गरेका थिए । उनको गोलबाट ३२ औं मिनेटमा साउथह्याम्प्टनले अग्रता लिएको थियो । त्यस्तै, इङ्सले इन्जूरी समयमा पेनाल्टीमार्फत अर्को गोल गरेपनि टोलीलाई जिताउन भने सकेन ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१