पोखरा, २९ भदौं । फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालले शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ ।
‘लकडाउन हटाऔं, जनजीवन सामान्य बनाऔं’ नाराका साथ असोज १ गते चिप्लेढुङ्गामा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालका संयोजक राजु कायस्थले जानकारी दिए ।
विगत ६ महिना लामो सन्त्रासपूर्ण लकडाउन, निषेधाज्ञा, सिल, लगायत नाममा बन्दाबन्दीले मानिसहरुलाई अनावश्यकरुपमा भयभित पार्ने र तिनको मनोवैज्ञानिक असरबाट अब हाम्रो समाजलाई मुक्त गरी जनजीवन सामान्य गर्नका लागि दबाब दिन प्रदर्शन गरिन लागिएको कायस्थले जानकारी दिए ।
संस्थाले प्रदर्शन सफल बनाउन सरकारी तथा विभिन्न संघ संस्थामा ध्यानकर्षण पत्र समेत बुझाइसकेको छ ।
संस्थाले जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ लागयतका पोखरामा रहेका व्यावसायिक संघसंस्था,शैक्षिक, खेलकुद तथा धार्मिक एवम् सांस्कृति संघ संस्थामा प्रदर्शन गर्ने उद्देश्यको बारेमा जानकारी गराएको संयोजक कायस्थले जानकारी दिए ।
‘पूर्ण रुपमा लकडाउन हटाइ जनजीविका सामान्य बनाउने उद्देश्यले नै प्रदर्शन आयोजना गरेका हौं’ कायस्थले भने, ‘शान्तिपूर्ण प्रदर्शनमा सहभागी भई पूर्ण रुपमा लकडाउन हटाउन दबाब दिन सम्पूर्णमा अनुरोध गर्दछु ।’
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१