जापानी टेनिस सुन्दरी नाओमी ओसाकाले जितिन् तेस्रो ग्रान्डस्लाम

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७७
Osaka Naomi

तस्बीर साभार : युएसए टुडे डट कम

पोखरा । जापानी टेनिस सुन्दरी नाओमी ओसाकाले तेस्रो पटक ग्रान्डस्लाम उपाधि जितेकी छन् ।

भिक्टोरिया अजेरेन्कालाई हराएर  युएस ओपनको उपाधि जितेसँगै जापानी स्टार ओसाकाले टेनिसको तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।

ओसाकाले बुल्गेरियन स्टार अजेरेन्कालाई हराउन आफ्नो पक्षमा २–१ को सेट हात पारिन् । महिला टेनिसमा चौथो वरीयताकी २२ वर्षीया ओसाकाले पहिलो सेट १–६ को ठूलो अन्तरले गुमाउन पुगिन् । तर, दोस्रो र तेस्रो सेट भने समान ६–३ र ६–३ को सेटमा जितिन् ।

ओसाका पहिलो सेटमा ३–० ले पछि पर्दै खराब सुरुवात गरेकी थिइन् । तर, त्यसपछिका ११ खेलमा १० खेल जित्दै ओसाकाले उत्कृष्ट कमब्याक गरिन् ।
ओसाकाले सन् २०१८ को यूएस ओपन र सन् २०१९ को अष्ट्रेलियन ओपन टेनिस जितेकी थिइन् ।

तस्बीर साभार : सुपरस्पोर्ट्स डट कम

उता, सेरेना विलियम्सलाई पराजित गरेर फाइनलमा पुगेकी भिक्टोरिया भने फेरी पनि उपाधि जित्नबाट चुकिन् । २०१३ पछि कुनै ठूलो ग्रान्डस्लामको फाइनलमा पुगेकी भिक्टोरिया उपाधि जित्न भने असफल भएकी हुन् ।

बेलारुसियन अजरेन्काको भने २०१३ पछिको यो पहिलो फाइनल हो । उनी २०१२ र २०१३ को युएस ओपन फाइनलमा सेरेना विलियम्ससँग पराजित भएकी थिइन् ।

ओसाकले जितपछि सम्पन्न युएस ओपन व्यक्तिगत रुपमा प्रेरणादायी भएको बताएकी छन् । साथै उनले सानो हुँदा अजेरेन्काको खेल हेर्ने गरेको र उनीसँगै खेल्न पाउँदा खुसी लागेको उल्लेख गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width