हेमजा । अन्नपूर्ण–३, मराउँचेको विकासमा लागि गाउँवासीले बुधवार गाउँपालिकामा खबरदारी गरेका छन्।
गाउँपालिका अध्यक्ष युवराज कुँवर, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, वडा २ का अध्यक्ष चूडामणि अधिकारी तथा शिक्षा अधिकृत बलराम भुगाईँसमक्ष गाउँवासीले खबरदारी गरेका हुन्।
गाउँवासीले मुख्य तया मराउँचे गाउँ पुग्ने सडकको स्तरोन्नतिमा ध्यान दिन आग्रह गरे । गाउँपालिकाले वर्षेनी छुट्टाउने ५ लाख रकम सडकको मर्मतमै सकिएको जनाउँदै गाउँवासीले पक्की सडक निर्माण गर्न पनि बजेट विनियोजन गरिदिन आग्रह गरेका थिए।
जवाफमा गाउँपालिका अध्यक्ष कुँवरले मराउँचेको विकासमा आफू संवेदनशील रहेको जनाउँदै त्यसमा उचित ध्यान दिने भनाइ राखे । गाउँको विकासका लागि गाउँपालिकामा मात्रै भर नपरी प्रदेश र संघ सरकारलाई पनि घच्घचाउनु पर्ने उनको धारणा थियो।
प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मराउँचे गाउँ वस्तीका हिसाबले सानो भएपनि उत्पादनका हिसावले महत्वपूर्ण रहेको औँल्याए ।
गाउँवासीतर्फबाट सुरज पौडेल, चन्द्रकान्त पौडेल, इन्द्रप्रसाद पौडेल, तिलप्रसाद पौडेल, कृष्ण अधिकारी, गोविन्दप्रसाद पौडेल, भोलानाथ पौडेल, मुक्तिराम पौडेल, डिल्लीराम पौडेल लगायतले भनाई राख्दै गाउँविकासमा ध्यानाकर्षण गराएका थिए।
गाउँलेहरुले विकासको तिर्खा लागेर आफूहरु गाउँपालिका आएको, राजनीतिक हिसाबले पहुँच नपुगेको, तिन वटै सरकारबाट गाउँ उपेक्षित भएको लगायतका गुनासो पनि राखेका थिए।
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण गापाले सार्वजनिक गर् यो वर्षभरीका उपलब्धि
पेमा धेछेन्लिङ गुम्बामा प्रवचन
एकातिर खोला, अर्कैतिर पुल
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
hero news full width
मुख्य समाचार
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१