गण्डकीमा एकैदिन ६७ संक्रमित

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७७
covid 19 corona banner

पोखरा, २४ भदौ । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तिमा कास्कीका ९ जना छन् । जसमध्ये पोखरा–१३ का ३८ बर्षीय महिला साउदी अरब आएकी हुन् । त्यस्तै पोखरा १७ का र वार्ड नखुलेका २२ र २४ बर्षका गरि २ जना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेको निर्देशनालयले जनाएको छ । अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान गरिएको हो ।

त्यस्तै संक्रमितमध्ये बागलुङ र नवलपुरका एक÷एक जना रहेका छन् । बागलुङको तमानखोला र गैंडाकोटका हुन् ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७२ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width