बाँके, १५ भदौ । बर्दिया जिल्लास्थित गुलरिया नगरपालिकामा महिलामैत्री आइसोलेशन कक्ष निर्माण भएको छ । दुई साताअघि महिलालाई मात्र राख्न मिल्ने आइसोलेशन सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय बर्दियाका फोकलपर्सन कृष्णगोपाल चौधरीले जानकारी दिए ।
उनका अनुसार कोरोना सङ्क्रमित महिलाको अब त्यहीँ उपचार हुनेछ । जिल्लामा शुक्रबारसम्म ३२९ कोरोना सङ्क्रमितमध्ये ६२ महिला छन् । तीमध्ये ५२ जना निको भएर घर फर्केका छन् ।
बर्दिया जिल्ला समन्वय समितिले बनाएको उक्त आइसोलेशन वार्डमा जेनेरेटरसहित एसी जडान गरिएको छ । सङ्क्रमितको उपचारका लागि दुई स्वास्थ्यकर्मी र सुरक्षाकर्मी छन् । छब्बीस शय्याको उपचार केन्द्र बनाइएको बर्दिया जिसस प्रमुख शङ्करप्रसाद थारूले बताए ।
सङ्क्रमितका लागि उपचार केन्द्र नहुँदा बाँकेलगायत जिल्लामा जानुपर्ने बाध्यता थियो । आइसोलेशन निर्माणमा करीब रु एक लाख ५० हजार बर्दिया जिससले व्यहोरेको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१