दमौली । नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन पोजेक्ट (एनएलएसआइपी) सहयोगमा बन्दीपुर १, नाहालामा पशु अस्पताल भवन निर्माण गरिएको छ ।
एक करोड रुपैयाँ लागतमा बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिका गरी तीन पालिकालाई कार्यक्षेत्र बनाएर काम उद्देश्यले उक्त पशु अस्पताल बनाउन लागिएको हो ।
स्थानीय छलिमाया श्रेष्ठले सोको लागि करिब २ रोपनी जग्गा निःशुल्क दान गरेकी हुन् ।
असार मसान्तभित्र भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने लक्ष्य रहेपनि कोभिड– १९ का निर्माण कार्य प्रभावित भएको गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए । भवन ६ कोठाको बन्नेछ ।
कोरोनाबाट सुरक्षित हुन नेपाल सरकारले पटक पटक गरेको बन्दाबन्दीले काम गर्न नपाएपछि ढिलाइ भएको उनले बताए ।
यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ म्याद थप गरी पुनःनिर्माण कार्य अघि बढाइएको छ । उनले भने, ‘भवन निर्माणपछि यहाँका पशुपालन कृषकहरुले पशु चिकित्सक सहित ल्याब, अप्रेसन लगायतका सेवा सुविधा पाउनेछन् ।’
तीन वटै पालिकामा व्यावसायिक पशुपालन कृषक वृद्धि गर्दै उनीहरुको आर्थिकस्तर माथि उकास्न थप सहयोग पुर्याउने मुख्य लक्ष्य रहेको छ । उक्त कार्यालय वडा मातहतमा रही सञ्चालन गरिनेछ ।
घरआँगनमा पशु चिकित्सा सेवा पाउने भएपनि पशुपालनतर्फ कृषकहरुको आकर्षण बढ्न सक्ने पशुपालन किसान मानबहादुर खातीले बताए । पशुहरु बिरामी भैहाले उपचारको लागि सदरमुकाम धाउनुपर्ने बाध्यता थियो । उनले भने, ‘वडाभित्रै पशुसम्बन्धी सबै सुविधा पाउने भएपछि लामो दूरी जानुपर्ने समस्या अन्त्य हुने छ ।’
तनहुँ जिल्ला मासु, अण्डा र दुधमा आत्मनिर्भर बनिसकेको छ । तीन पालिकालाइै कार्यक्षेत्र बनाएर पशु अस्पताल निर्माण भएसँगै यसक्षेत्रमा दुध र मासु र अण्डा उत्पादनमा वृद्धि हुने बिश्वास गरिएको छ ।
गाउँमै आएको सेवासुविधाले यहाँका किसानहरुले प्रत्यक्ष लिन पाउने स्थानीय बुद्धिकुमार श्रेष्ठले बताए ।
उक्त अस्पताल व्यवस्थापन तथा सञ्चालन स्थानीय सरकारबाट हुने भएकोले हाम्रो कार्यालयसँग खासै सम्बन्ध नहुने भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताए ।
Related News
सम्बन्धित समाचार
‘कुखुरा कल्याणमा केज प्रणाली अनुपयुक्त’
पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण
माझठानाका कृषकलाई तालिम
कास्कीको मादीमा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…
फेदीखोलाको सर्केटारीमा प्रथम आलु प्रदर्शनी
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१