पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थालाई स्वास्थ्य सुरक्षाको विधि अपनाउन आग्रह गरिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकी प्रदेशमा बैंकमा कार्यरत कर्मचारीहरुमा समेत कोभिड–१९ संक्रमण देखिएको भन्दै बिहीबार सूचना जारी गर्दै सो आग्रह गरेको हो । ९ बुँदे सो सूचनामा प्रदेशका बैंक तथा वित्तीय संस्थामा संक्रमणको जोखिम न्यूनीकरणको उपाय अपनाउन आग्रह गरिएको छ ।
जसअनुसार सेवाग्राही बैंकमा प्रवेश गर्नुपूर्व इन्फ्रारेड थर्मोमिटरले सेवाग्राहीको तापक्रमको मापन गर्नुपर्ने, सेवाग्राही तथा बैंकमा कर्मचारीले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, बैंकको प्रवेशद्वारमा सेनिटाइजर उपलब्ध गराउनुपर्ने, कन्ट्याक्ट टे«सिङ गर्नुपर्ने अवस्थामा सहयोग पुग्ने भएकोले सेवाग्राही तथा अन्य व्यक्तिको सम्पूर्ण विवरण लिने, विद्युतीय हाजिरी बन्द गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने सुझाव दिइएको छ ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीले बारम्बार साबुनपानीले हात धुनुका साथै सेनिटाइजर प्रयोग गर्नुपर्ने, बारम्बार छोइने स्थान तथा सामान जस्तै ढोकाको ह्याण्डल, काउन्टरको सतह, टेबुल, कुर्सी, कम्प्युटर, स्क्यानर, विद्युतीय स्वीच, नोट गर्ने मेसिन लगायतलाई दिनमा कम्तीमा ३ पटक सरसफाइको सुनिश्चित गर्नुपर्ने भनिएको छ ।
सेवाग्राहीलाई बैंक तथा वित्तीय संस्थामा उपलब्ध कलमको प्रयोग सकेसम्म निरुत्साहित गरी आफूले नै कलम लिएर आउन प्रोत्साहित गरिएको छ ।
२ दिन अघिमात्रै पोखरामा एक बैंक तथा सहकारीमा कार्यरत कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि सतर्कता अपनाउन थालिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१