हाम्रो क्र्युले लमजुङका पीडितलाई राहत प्रदान गरेको छ ।
‘परिवर्तनको लागि सेवा, सेवाको लागि नेतृत्व’ भन्ने मर्मलाई आत्मसात गर्दै गण्डकी प्रदेशको लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ अन्तर्गत पर्ने पल्लोटारी गाउँमा श्रावण ७ र ८ गते परेको अविरल वर्षाको कारण बाढी पहिरोबाट प्रभावित विपन्न घर परिवारहरुलाई सत्ताइस हजार बराबरको सहयोग गरेको छ।
सहयोगमा ३२ : ६ फुट घर छाउने जस्तापाता ४० थान रोभर लिडर कृष्णकुमार राजवाहकको संयोजकत्वमा स्काउट मास्टरहरु सुनिता लो, बिराट थापा, कमला राना र रोभरहरु चन्द्र नेपाली र सागर रानाभाटले त्यस गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रेमबहादुर बस्नेतको रोहबरमा बाढी पहिरो पीडितलाई उक्त सामग्री हस्तान्तरण गरेको छ ।
उक्त विपत्तिमा जिल्ला स्काउट कार्यालय कास्की, आइब्लुज रेष्ट्रो न्युरोड पोखरा, नेपाल रेडक्रस सोसाइटी उपशाखा १० कास्की, मानवमिलन संस्था पोखरा, यूथ भिजन क्र्यु काठमाडौँ, भद्रकाली क्र्यु आदि संस्थाहरुले आर्थिक सहयोग पुर्याएका थिए ।
साथै मानवअधिकार तथा शान्ति समाज कास्कीका आजीवन सदस्य रामकृष्ण ढुङ्गाना, पार्वती बराल त्यस्तै लमजुङ स्काउट मास्टरहरु रामशरण दर्नाल, हरिशरण दर्नाल र पत्रकार राजन परियारहरुले पनि आर्थिक सहयोग गरेका थिए ।
यसैगरी जिल्ला स्काउट कार्यालय कास्कीका जिल्ला आयुक्त शारदा पराजुली, समन्वय आयुक्त धिरज थापा र नेपाल रेडक्रस सोसाइटी उपशाखा १० कास्कीका सभापति सम्मर बहादुर श्रेष्ठले यस विपत्तिका लागि सहयोग सङ्कलन र अन्य बाधा व्यवधानमा सहयोग गरेको हाम्रो क्र्युकी स्काउट मास्टर अनु थापाले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
आदर्श समाजकर्मी विजय नेपाललाई चलचित्र पत्रकारिता पुरस्कार’, फिल्मकर्मी विनोद शेरचनलाई सम्मान
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१