तनहुँ, १६ साउन । जिल्ला समन्वय समितिका नाउँमा रहेका विभिन्न क्षेत्रका गरी करिब ३६ रोपनी जग्गा अतिक्रमणमा परेको छ । व्यास नगरपालिका–३ बीसघरे, देउराली नगरस्थित सबै जग्गा अतिक्रमणको चपेटामा परेको जिल्ला समन्वय समितिले जनाएको छ । तत्कालीन जिल्ला विकास समिति हुँदा समितिको स्वामित्वमा रहेको उक्त जग्गा वषौँअघिदेखि अतिक्रमण गरी पक्की घरसमेत निर्माण भइसकेका छन् ।
सदरमुकाम दमौलीमा रहेको उक्त जग्गाको मूल्य उच्च भए पनि अतिक्रमणबाट बचाउन नसकिएको जिसस प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए । साविक फराकचौर ९ ‘ट’ को कित्ता नम्बर ३४ मा पर्ने १५ रोपनी तीन आना दुई पैसा तीन दामको र कित्ता नम्बर ३५ को १४ रोपनी छ आना एक दाम क्षेत्रफल रहेको जग्गा वर्षौंअघिदेखि अतिक्रमणमा परेको छ ।
त्यसैगरी कित्ता नम्बर २८ को आठ आना जग्गा बह्माकुमार राजयोग संस्था र फराकचौर ९ ‘ग’ कित्ता नम्बर १५९६ मा पर्ने चार रोपनी १४ आना तीन पैसा तीन दाम क्षेत्रफलको तनहुँ उद्योग वाणिज्य सङ्घलाई भोगचलनका लागि दिइएको समितिले जनाएको छ । विसं २०२५ मा सदरमुकाम बन्दीपुरबाट दमौलीमा सारिएदेखि नै जिससको जग्गा बढी अतिक्रमणमा पर्न थालेको जिल्ला समन्वय समितिका प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिए ।
हाल १८४ व्यक्तिले अनधिकृत रुपमा जग्गा भोगचलन गर्दै आएका छन् । समितिले अन्य ठाउँका केही जग्गा अतिक्रमणमा परेको र अधिकांश भाडामा लगाएको जनाएको छ । अन्य ठाउँमा अतिक्रमणमा परेको जग्गाको पनि तथ्याङ्क निकाल्ने कार्यको शुरुआत गर्न लागिएको समितिकी उपप्रमुख पवित्रा पौडेलले जानकारी दिइन् । व्यासका वडा नं २ र ३ अन्तर्गत समितिको जग्गामा बनाइएका ९५ सटरबाट भने वार्षिकरुपमा झण्डै रु एक करोड आम्दानी हुँदै आएको छ । उक्त सटरबाट गत वर्ष रु ९९ लाख १८ हजार आम्दानी भएको र यो वर्ष भाडाबापत रु ८६ लाख आम्दानी भएको उपप्रमुख पौडेलले बताइन् । रासस
Related News
सम्बन्धित समाचार
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१