हेमजा साहित्य प्रतिष्ठानले संस्थाको स्थापना दिवस मनाएको छ । बिहीवार एक कार्यक्रमका बीच प्रतिष्ठानले स्थापना दिवस मनाएको हो । दिवसकै बीच दुई सय ४ औँ शुभप्रभात काव्यमाला सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि संस्थापक सचिव कोविदशरण उपाध्ययले गण्डकी प्रदेशकै अग्रणी साहित्यिक संस्थाका रुपमा प्रतिष्ठानलाई चिनाउँदै प्रतिष्ठानले वार्षिक कवि, समीक्षकलाई सम्मान गर्दै आएकोमा खुसी व्यक्त गरे।
उनले प्रतिष्ठानको सुदीर्घ भविष्यका लागि आफूले पनि अक्षयकोष स्थापना गरेको उनले सुनाए ।
प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलले कोरोनाको विषम परिस्थितिमा काव्यमालालाई निरन्तरता दिने प्रयास गरेको भनाइ राखे । हेमजावासीको भरपुर माया प्रतिष्ठानले पाएको उल्लेख गर्दै अध्यक्ष पौडेलले यसवर्ष पनि हिमशिखर प्रकाशनलाई निरन्तरता दिने उल्लेख गरे ।
काव्यमालाका हरेक श्रृङखलामा केही न केही नवीनता रहने गरेको उनको दावी छ । त्यस अवसरमा संस्थाका अध्यक्ष पौडेल, सचिव वसन्त बास्तोला, शिव त्रिपाठी, अनिल थापा, कार्यक्रम संयोजक बलराम पौडेल, उपाध्यक्ष छन्दमणि त्रिपाठी, जगन्नाथ बास्तोला, रामेश्वर रायनन्द गिरी र सदस्य रीता कार्की कुँवरले रचनावाचन गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष त्रिपाठीले स्वागत, सदस्य रीता कार्की कुँवरले धन्यवाद ज्ञापन तथा सचिव वसन्त बास्तोलाले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१