पोखरा, २४ असार । पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक ३/३ महिनाको तेस्रो शनिबार सञ्चालन गर्दै आएको समता कला कार्यशालामा कलाकारहरुको सिर्जनालाई “समय” चित्रकला प्रदर्शनी गर्ने भएको छ ।
पोखरेली युवा साँस्कृतिक परिवारको आफ्नै फेशबुक पेजबाट असार २५ गते ४ बजे लाइभ गर्ने संस्थाका कला संयोजक हेमकान्ती गुरुङले बताइन् । मानव जीवनमा कलाको अत्यन्त महत्वपूर्ण स्थान रहदै आएको छ । “साहित्य, कला र संगीतको उत्थान हाम्रो प्रण” भन्ने मूल नाराका साथ अगाडि बढि रहेको पोखरेली युवा साँस्कृतिक परिवारले वि.सं. २०४२ सालबाट ग्रामिण तत्स्थानीय कलायात्रा शुरु गरेको र वि.सं. २०६० सालबाट अनवरत रुपमा प्रत्यक तीन महिनाको तेश्रो शनिबार समता कला कार्यशाला आयोजना गर्दै आएको छ ।
कोभिड १९ कोरोना भाइरसको असर विश्वभर परिरहेको यस विषम परिस्थितीमा पनि संस्थाले आफ्नो नियमित कार्यक्रमलाइ भच्र्युल आर्टस् एक्जीबेसन मार्फत पनि गर्ने नयाँ जमर्को गरेको संस्थाका अध्यक्ष प्रकाश ज्ञवालीले बताए । “समय” भच्र्युल आर्टस् एक्जीबेसन चित्रकला प्रदर्शनीमा ३१ जना कलाकारको सिर्जना राखिएको छ । कोषाध्यक्ष मोति भुजेलले भने सकेसम्म नयाँ प्रविधि अपनाएर यो प्रदर्शनी गर्न लागेका छौं । अग्रज र अनुजहरुका कला सिर्जना प्रदर्शनमा राखिएको छ, अनुजहरुले यस्ता प्रर्दशनी बाट धेरै कुरा सिक्ने मौका मिल्ने पनि बताए ।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१