पोखरा । इटालियन सिरि ए फुटबलमा युभेन्ट्सले लिसीबिरुद्ध फराकिलो गोल अन्तरले जित हात पारेको छ ।
शुक्रबार राति भएको खेलमा युभेन्ट्सले लिसीलाई ४–० को फराकिलो गोल अन्तरले हराएको हो । युभेन्ट्सको जितमा पाउलो डी–बाला, क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिग्विन र म्याथिज डी लिटले १/१ गोल गरे ।
खेलको ५३ औं मिनेटमा डी–बालाको गोलमा घरेलु टोली युभेन्ट्सले सूरुवाती अग्रता लिएको थियो । रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका गोन्जालो हिग्विनले ८३ औं मिनेटमा युभेन्ट्सलाई ३–० को अग्रता दिलाए । लगत्तै, त्यसको २ मिनेटमा डी लिटले हेडमार्फत चौथो गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे ।
जितसँगै युभेन्ट्सले तालिकामा ७ अंकको अग्रता लिएको छ । सिरी ए मा ६९ अंक जोडेको शीर्ष स्थानको युभेन्ट्सले दोस्रो स्थानको लाजियोसँग ७ अंकको अग्रता बनाएको हो । लिसी २५ अंक सहित रेलिगेशन जोनमा संघर्षरत छ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१