एटलान्टाको रोमाञ्चक जित, युभेन्टसलाई फाइदा

आदर्श समाज सम्वाददाता
असार ११, २०७७
Atlanta vs Lazio, Siri A

पोखरा । इटालियन सिरी ए मा एटलान्टाले शान्दार जित हात पारेको छ ।

सिरी ए अन्तर्गत गएराति आफ्नै घरेलु मैदानमा भएको खेलमा दुई गोलले पछि परेर पनि एटलान्टाले शान्दार जित हात पारेको हो । उता, इटालियन सिरी ए मा शीर्ष दोस्रो स्थानको लाजियोले भने २ गोलको अग्रतालाई जोगाउन सकेन । जसमा सिरी ए को शीर्ष स्थानका लागि युभेनटससँग अंक दूरी घटाउनबाट लाजियो चुकेको छ ।

बुधबार भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा दोस्रो स्थानको लाजियो पराजित भएको छ । एटलान्टाले घरेलु मैदानमा शानदार पुनरागमन गर्दै ३ गोल पर्काएपछि लाजियो ३–२ ले पराजित बनेको हो ।

यसले शीर्ष स्थानको युभेन्ट्सलाई फाइदा पुगेको छ । जितपछि २७ खेलबाट ५४ अंक जोडेको एटलान्टा चौथों स्थानमा छ । लाजियो भने ६२ अंकसहित दोस्रो स्थानमै छ । समान ३१ खेलपछि युभेन्ट्सले ४ अंकको अग्रता बनाएको छ ।

खेलको ५ मिनेटमै एटलान्टाका मार्टेन डे रुनले आत्मघाती गोल गर्दा लाजियोले अग्रता लिएको थियो । त्यस्तै, खेलको ११ औं मिनेटमा सर्गेज लिनकोभिच साभिचले गोल गर्दै लाजियोको अग्रता दोब्बर बनाए । तर, २ गोलको अग्रतालाई लाजियोले कायम राख्न सकेन ।

खेलको ३८ औं मिनेटमा एटलान्टाका रोविन गोसेन्सले घरेलु मैदानमा गोल गर्दै पहिलो हाफमा गोलअन्तर १–२ मा झारे । त्यस्तै, ६६ औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गरेपछि एटलान्टाले खेल २–२ को बराबरी बनाए । त्यसपछि, ८० औं मिनेटमा जोस लुइस पालोमिनोले गोल गरेपछि एटलान्टाले पुनरागमन जित हात पारेको हो ।

यस्तै, तेस्रो स्थानको इन्टर ससुलोसँग ३–३ को बराबरी खेल्दै अंक बाँडेको छ । बराबरीपछि इन्टरको ३१ खेलबाट ५८ अंक छ ।

Related News

सम्बन्धित समाचार

hero news full width