स्पेनिस ला लिगामा रियल मड्रिड फेरी शीर्ष स्थानमा

आदर्श समाज सम्वाददाता
असार ११, २०७७
Real Madrid vs Malorca, Spanish La Liga

पोखरा । रियल म्याड्रिड फेरि स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुगेको छ ।

मालोर्कालाई २–० ले पराजित गर्दै रियल फेरि शीर्ष स्थानमा पुगेको हो । रियलको जितमा कप्तान सर्जियो रामोस र भिनिसियस जुनियरले योगदान गरे । पहिलो हाफमा रियलले १ – ० को अग्रता लिएको थियो ।

खेलको १९ औं मिनेटमा रियलले खेलमा अग्रता बनायो । लुका मोड्रिचले दिएको पासलाई भिनिसियसले गोल गर्न सफल भए । खेलको ५६ औं मिनेटमा नै रियलले अग्रता दोब्बर बनायो । कप्तान सर्जियो रामोसले झन्डै २५ यार्ड टाढाबाटप्रहार गरेको फ्रिकिकमा गोल भएको थियो ।

खेलको ११ औं मिनेटमा मालोर्काका इद्रिसा बाबाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार रियलका गोलरक्षक थिबाउट कोर्टुवाले बचाए । खेलको ८२ औं मिनेटमा मालोर्काका यानिस सालिबुरको फ्रिकिकले पोस्टको दिशा लिन सकेन । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र रियल बिजयी बन्यो ।

जितसँगै रियल र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक भएको छ । तर हेड टु हेडको आधारमा रियलले बार्सिलोनालाई उछिनेको हो । मालोर्का भने ३१ खेलमा २६ अंकसहित रेलिगेसन क्षेत्रमा नै छ ।

Related News

सम्बन्धित समाचार

hero news full width