नयाँदिल्ली, ७ असार । भारतमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या एकै दिनमा अत्यधिक देखिएको छ । पछिल्ला केहीदिनमा सार्वजनिक भएका दैनिक विवरणहरुमध्ये आइतबार सवैभन्दा धेरै जना एकै दिनमा सङ्क्रमित भएको जानकारी दिइएको छ ।
सरकारी अधिकारीहरुले बताएअनुसार, भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ४१३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै भारतमा आइतबारसम्ममा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या कुल चार लाख दश हजार ४६१ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या १३ हजार २५४ पुगेको छ । भारतमा कुल सङ्क्रमित मध्ये एक लाख ६९ हजार ४५१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने दुई लाख २७ हजार ७५६ जना सङ्क्रण मुक्त भएका छन् ।
प्रदेशगत रुपमा हेर्दा सवैभन्दा धेरै सङ्क्रमित रहेको महाराष्ट्र प्रदेशमा एक लाख २८ हजार २०५ जना सङ्क्रमित भएका छन् । ती मध्ये ५८ हजार ६८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने ६४ हजार १५३ जना सङ्क्रण मुक्त भएका छन् । महाराष्ट्र प्रदेशभरी कोरोनाभाइरसका कारण अहिलेसम्म पाँच हजार ९८४ जनाको मृत्यु भएको छ । त्यसैगरी तमिल नाडु प्रदेशमा ५६ हजार ८४५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१