रुकुम पश्चिमको चौरजहारी–८, सोती घटनामा अभियोग लागेका नौ जनाको मंगलबार बयान सकिएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा मुद्दा परेकामध्ये नौ जनाको बयान सकिएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले बताए ।
अभियोग दर्तानुसार अब क्रमशः बाँकी रहेकाको बयान हुने उनको भनाइ छ । बयान बुधबार पनि हुने छ । घटनामा संलग्न रहेको आरोपमा ३४ जनाविरुद्ध रुकुम अदालतमा मुद्दा परेको छ । दुई नाबालकसहित ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत तथा एक जनालाई मतियार कसूरमा मुद्दा परेको छ । आइतबार अभियोग दर्ता भएपछि सोमबार दुई नाबालकको बयान र थुनछेक बहस सकिएपछि मुद्दा पुर्पक्षका लागि तिनलाई बाल सुधारगृहमा पठाउन अदालतले आदेश दिएको थियो । गत जेठ १० गते चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोट, भेरी नगरपालिकाका पाँच र चौरजहारी नगरपालिकाका एक जनाको मृत्यु भएको थियो ।
यसैबीच युग पाठक, सङ्गीत, जेबी विश्वकर्मा, मोहन साशङ्कर, राम नेपाली, विजय विश्वकर्मा र स्ुष्मा बरालीको अध्ययन टोलीले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी घटनामा जातीय विभेद देखिनाका साथै सरकार र राजनीतिक दलहरुको भूमिका कमजोर देखिएको भनी प्रतिवेदन सार्वजनिक गरेको छ ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भूगोलविद् डा. हर्कको सालिक अनावरण
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१