टेनिस खेलाडी राफायल नाडाल प्रशिक्षणका लागि कोर्टमा फर्किए

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७७

स्पेनिस टेनिस खेलाडी राफायल नाडाल दुई महिनापछि टेनिस कोर्टमा फर्किएका छन् । लकडाउनका कारण घरमै बस्न बाध्य भएका नाडाल युएस ओपन टेनिसका लागि प्रशिक्षण शुरु गरेर टेनिस कोर्टमा फर्किएका हुन् ।

युएस ओपनका डिफेन्डिङ च्याम्पियन नाडालले प्रशिक्षकमा फर्किदैँ निकै खुसी पनि नबनेका छन् । यतिखेर, नाडाल स्पेनको मालोर्कामा रहेको आफ्नो एकेडेमीमा प्रशिक्षण व्यस्त छन् ।

उनले आफू कोर्टमा फर्किएको बताएका छन् । उनले भनेका छन्, ‘आफ्नो एकेडेमीमा फेरी बालकहरुले खेल्न पाउनेछन् । अघिल्लो सातादेखि नै आफू प्रशिक्षणका लागि तयारीमा थिए ।’

केही महिना अघिदेखि उनले यो बर्ष कोरोनाका कारण टेनिस प्रतियोगिता हुन नसक्ने बताउँदै आएका थिए । यसका साथै उनले खेलाडीलाई कोर्टमा फर्कन अर्को वर्ष नै कुर्नुपर्ने बताउँदै आएका थिए । अन्तिम पटक अष्ट्रेलियन ओपन टेनिस भएपछि कुनैपनि प्रतियोगिता भएका छैनन् ।

कोरोनाका कारण विम्बल्डन रद्द भइसकेको छ । त्यस्तै, २४ मे मा हुने भनिएको फ्रेन्च ओपन २० सेप्टेम्बरका लागि तय गरिएको छ । त्यो भन्दा अगाडी युएस ओपन हुने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width