प्रविधिमैत्री शिक्षक समाज, कास्कीको अनलाइन तालिम सुरु

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७७
stft kaski

पोखरा । प्रविधिमैत्री शिक्षक समाज, मङ्गलबारदेखि शिक्षकहरुका लागि अनलाइन तालिम सुरु गरेको छ ।

अध्यक्ष सकुन्तला सोतीको अध्यक्षतामा भएको शिक्षण सिकाइमा प्रविधिको प्रयोग विषयक अनलाइन कार्यशालाको पहिलो दिन जिल्ला समितिका सदस्य रुपिन्द्र प्रभावीले इमेल र इन्टरनेटका आधारभूत विषयमा सहजीकरण गरेका थिए । उनले इन्टरनेटको परिचय, डाउनलोड, इमेल र यसका कार्यहरुका विषयमा जानकारी दिएका थिए ।

प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय अध्यक्ष भूपति बस्यालको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा केन्द्रीय महासचिव देवीप्रसाद शर्माले समाजलाई संस्थागत बनाउनका लागि मात्र नभई नेपालभरका शिक्षकहरुलाई प्रविधिमैत्री शैक्षणिक क्रियाकलाप सञ्चालन गर्न सक्षम बनाउनका लागि केन्द्र, प्रदेश हुँदै हाल जिल्ला तहमा तालिमहरु सञ्चालन गरिएको जानकारी दिए ।

गण्डकी प्रदेशका अध्यक्ष श्रीकान्त पौडेलले गण्डकी प्रदेशका जिल्लाहरुले उत्कृष्ट प्रस्तुति दिइरहेको भन्दै यो कुनै विशेष व्यक्ति वा संस्थाको मात्रै हितमा नभई सिङ्गो नेपालको शैक्षिक क्षेत्रका लागि महत्त्वपूर्ण अभियान भएकोमा जोड दिए । प्राविधिक समितिका संयोजक विक्रम चापागाईँको संयोजनमा ६० भन्दा बढी शिक्षकरशिक्षिकाको सहभागिता रहेको तालिमको उद्घाटन सत्रको सञ्चालन प्राविधिक समितिका सदस्य वृहस्तपि लम्सालले गरेका थिए ।

उक्त कार्यशाला १० दिनसम्म सञ्चालन हुने अध्यक्ष सकुन्तला सोतीले जानकारी दिइन् । समाजको गण्डकी प्रदेश समितिले हालै मात्र ४० दिने अनलाइन तालिम समापन गरेपछि गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा अनलाइन तालिम सञ्चालन भइरहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • विद्युतीय सवारीसाधनमा आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि…
  • पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

    आदर्श समाज सम्वाददाता फागुन ११, २०८०
    गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…

hero news full width