बन्द रंगशालामा बुन्डेसलिगा शुरु, शनिबार ६ खेल हुने

एजेन्सी
जेठ ३, २०७७
Bundesliga

महामारीले रोकिएको बुन्डेस लिगा शनिबारदेखि शुरु हुँदैछ ।

महामारीपछि यूरोपमा रोकिएको खेल शुरु हुने शीर्ष लिग यो पहिलो हो । जर्मनको शीर्ष डिभिजन लिग शनिबारबाट शुरु हुन लागेको हो ।

लिगा अन्तगत शनिबार साँझ ६ खेल हुँदैछ । बन्द रंगशालाभित्र फुटबल खेलहरु हुनेछन् । मैदानमा खेल हेर्ने दर्शकहरु हुने छैनन् । प्रशिक्षक र बेन्चमा बस्ने खेलाडीले मास्क लगाउनेछन् । खेल सुरु हुनुअघि ह्याडसेक हुने छैन । खेलाडीबीच अंकमाल हुने छैन । मैदानमा थुक्न पाइने छैन । तर, ९० मिनेटको निर्धारित समयको फुटबल गेमहरु भने हुनेछन् ।

पाँच खेल ७ः१५ बजे शुरु हुँदैछ भने एक खेल राति १०ः१५ बजे शुरु हुनेछ । ७ः१५ बजे नै डर्टमुन्ड र शेल्के बीच प्रतिस्पर्धा हुँदैछ । डर्टमुन्ड लिगको दोस्रो स्थानमा छ । समान २५ खेलबाट बायर्नले ५५ अंक जोडेको छ भने डर्टमुन्ड ५१ अंकका साथ पछ्याइरहेको छ ।

शेल्केले भने २५ खेलबाट ३७ अंक मात्रै जोडेको छ । महामारीका कारण रोकिएका यूरोपका अन्य लिगहरु पनि सर्तकता र कडा नियमका साथ शुरु गर्ने तयारी भइरहेको छ ।

पाँच खेल ७ः१५ बजे शुरु हुँदैछ भने एक खेल राति १०ः१५ बजे शुरु हुनेछ । ७ः१५ बजे नै डर्टमुन्ड र शाल्केबीच प्रतिस्पर्धा हुँदैछ । डर्टमुन्ड लिगको दोस्रो स्थानमा छ । समान २५ खेलबाट बायर्नले ५५ अंक जोडेको छ भने डर्टमुन्ड ५१ अंकका साथ पछ्याइरहेको छ ।

शाल्केले भने २५ खेलबाट ३७ अंक मात्रै जोडेको छ । महामारीका कारण रोकिएका यूरोपका अन्य लिगहरु पनि सर्तकता र कडा नियमका साथ शुरु गर्ने तयारी भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width