सउल, ३१ वैशाख । कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ । यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो। कोरियाको एक तथ्याङ्कानुसार गत महिना मात्र चार लाख ७६ हजारभन्दा बढीले रोजगारी गुमाएका छन्। यो सङ्ख्या सन् १९९९ पछिको सबैभन्दा बढी हो।
यसरि रोजगारी गुमाउनेमा अधिकांश अस्थायी तथा पार्टटाइम कामदार छन् । प्रायः सबै क्षेत्रमा यसको प्रभाव देखिए पनि विशेषगरी होलसेल तथा खुद्रा व्यवसाय, होटेल, पर्यटन, कृषि प्याकिङ तथा प्याकेजिङ, शिक्षा सेवा, मनोरञ्जन सेवालगायत क्षेत्र अत्याधिक प्रभावित देखिएका छन् । उक्त स्थानमा सामाजिक दूरी तथा सेवा क्षेत्र हेरेर जोखिमयुक्त क्षेत्रमा लगाइएका लकडाउनका कारण रोजगारी गुमेको हो । विभिन्न व्यावसायिक कम्पनीमा कामदारको माग न्यून हुन थालेपछि गत महिना मात्र उक्त संख्यामा रोजगारी गुमेको हो।
यसका साथै उत्पादनमूलक क्षेत्रमा पनि यसको प्रभाव देखिएको छ । दैनिक आठदेखि १६ घण्टाभन्दा बढी काम हुने अधिकांश उत्पादनमूलक क्षेत्रमा पनि घटेर दैनिक आठ घण्टा मात्र काम हुने वा कम्पनीले सूचना टाँस गरी बेतलबी बिदा दिने वा वार्षिक रुपमा प्राप्त हुने तलबी बिदा घट्ने गरी बिदामा बस्न लगाउने क्रम बढेको छ । यसको प्रत्यक्ष प्रभाव नेपालीलाई पनि परेको छ।
विशेषगरी आफ्नै देशमै खपत हुने उत्पादनको निर्यातमा सामान्य गिरावट आए पनि पनि बाह्य निर्यात हुने सामग्रीमा भारी गिरावटका कारण काम घट्ने क्रम बढेको हुन सक्ने अनुमान गरिएको छ । दक्षिण कोरियाले अधिकांश उत्पादन विदेश निर्यात गर्छ । तथ्याङ्कानुसार रोजगारी गुमाउनेमा विशेषगरी १५ देखि २९ वर्ष उमेर समूहका युवा छन् । उनीहरूको संख्या कुल गुमेको रोजगारी संख्यामध्ये ४०.९ प्रतिशत अर्थात् दुई लाख ४५ हजार छ । सबैभन्दा धेरै दुई लाख १२ हजार बढि रोजगारी होटेल तथा रेस्टुरेन्ट व्यावसायमा गुमेको छ । सरकारले भने न्यून आय भएका जनताको निम्ति केही हप्तामै साढे पाँच लाखभन्द्या बढी नयाँ रोजगारी सिर्जना गर्ने बताएको छ।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१