भारतको चर्चित इण्डियन प्रिमियर लिग (आइपीएल) छोटो समयमै सक्ने गरी तयारी थालिएको छ ।
कोरोना भाइरसको महामारीका कारण लकडाउसँगै स्थगित भएको आइपीएलको आयोजनाका लागि तयारी थालिएको हो । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) कम समयमा धेरै खेल खेलाउदै प्रतियोगिता सम्पन्न गर्ने योजनामा छ ।
भारतीय संचार माध्यमहरुले बताएअनुसार कोराना महामारीका बीच पनि यस संस्करणको आइपीएल आयोजना गर्ने भन्ने विषयमा बीसीसीआई नियमित छलफलमा जुटेको छ ।
बोर्डका एक अधिकारीले बताए अनुसार, खेल कहिलेबाट शुरु गर्ने भन्नेबारे अझै भन्न सक्ने अबस्था छैन । कोरोनाको कारण रोकिएका क्रिकेट सिरिजमा सहभागिताका लागि दुई टोली बनाउने योजनामा बीसीसीआई रहेको छ ।
एउटाले टेष्ट श्रृंखला र अर्कोले छोटो फम्र्याटका श्रृंखला खेल्ने बताइएको छ । कोरोनाका कारण रोकिएका खेल कसरी संचालन गर्ने भनेर केही दिनअघि बीसीसीआईले अनलाइन बैठक गरेको थियो । बैठकमा अब २ टोली निर्माण गरेर अघिबढ्नुपर्ने माग उठेको थियो ।
दुई टोलीमध्ये एकले टेष्ट च्याम्पियनसीप र अर्कोले घरेलु क्रिकेटमा सहभागिता जनाउने योजना बनाउन बैठकमा धेरैले प्रस्ताव गरेको थियो । सोहीअनुसार बीसीसीआई आइपीएल सम्पन्न गर्न दुई टोली बनाएर अघि बढ्ने बिषयमा छलफल गरेको हो ।
Related News
सम्बन्धित समाचार
पोखरा ७ स्तरीय वृहत दौड प्रतियोगिता
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१