बिहेमा लाखौंको दाइजो साटासाट हुने नेपाली प्रचलन अझै कायम छ । सुन, फर्निचर जस्ता महंगा सामान दिईदै आएको दाइजोमा मास्क र स्यानिटाइजर ? सुन्दै अनौठो लाग्ने । विश्वव्यापी रुपमा कोरोना भाईरस (कोभिड १९)ले महामारीको रुप लिईरहेका वेला कास्कीको लेखनाथमा एक जोडीको विहे भएको छ ।
बेहुला तर्फका मुश्किलले १० जना । बेहुली तिर पनि उस्तै पातलो उपस्थिति । पोखरा २७ की अनुशा बास्तोला र पोखरा ३० का दिविन भट्टराईबीच विहिबार भएको विहेमा न जन्ती थिए, न त लोकन्ती । आफ्नै परिवारका केही सदस्यमात्रै भेला भएर दुईबीचको विहे सम्पन्न भयो ।
विवाहमा वेहुली पक्षले वेहुला पक्षलाई माक्स र सेनीटाईजर लगाएतका स्वास्थ्य सामाग्री दाइजोको रुपमा दिए । संस्कार र संस्कृतिको संरक्षण गर्दै सन्देशमुलक रुपमा विहे गरिएको बेहुलीका बाबु नेत्रपाणी बास्तोलाले बताए ।
स्थानीय सरकारको स्वीकृति लिएरै लकडाउनको मापदण्ड पूरा गरेर विहे गरिएको उनी बताउँछन् । ‘वैशाख १३ गते नै विहे गर्ने तयारी थियो । लकडाउन सकिएला भन्ने विश्वास थियो । तर झन् लम्बियो,’ उनले भने, ‘अब नहुने भो भनेर लकडाउनलाई पालना गर्दै यही बीचमा विहे गर्न दुवै पक्ष राजी भएपछि आँटिएको हो ।’
विहेमा हुने खर्च भने सामाजिक संघ संस्थालाई सहयोग गर्ने दुवै पक्षले बताए । विबाहमा हुने खर्चको ५ लाख रुपैयाँ विभिन्न १२ वटा सामाजिक संस्थालाई सहयोग गरिने बेहुली पक्षले बताएको छ । विवाह मण्डपबाटै ५५ हजार ५ सय ५५ रुपैयाँ नेपाल पत्रकार महासंघ कास्कीलाई सहयोग गरिएको छ । बेहुलीका बाबु नेत्रपाणीले महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुन् ।
फजुल खर्च घटाउने गतिलो सन्देशको रुपमा यो विहे सफल भएको बताउँछन् बेहुलाका बाबु दीपक भट्टराई । ‘तडकभडक गर्नैपर्छ भन्ने छैन । सामान्य रुपमा पनि विधि पूर्वक विहे गर्न सकिन्छ,’ उनले भने, ‘यसको उदाहरण हामीले नै पुष्टी गरेका छौं । यो बिहेमा निकै खुशी छौं ।’
महासंघ कास्कीका अध्यक्ष श्रेष्ठले नव विवाहित जोडीलाई वधाई दिँदै समाजसेवाको भाव देखाएकोमा धन्यवाद ज्ञापन समेत गरे ।
Related News
सम्बन्धित समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१