पोखरामहानगरको राहत कोषमा कन्टेक प्रालिको १ लाख ७५ हजार

आदर्श समाज संवाददाता
वैशाख २३, २०७७
upachar kosh

पोखरा, २३ वैशाख । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा कन्टेक प्रालिले १ लाख ७५ हजार सहयोग गरेको छ ।

प्रालिका सञ्चालक रोमबहादुर कार्की, सुन्दर पौडेल, लिला लामिछाने र विकास कार्कीको टोलीले महानगर प्रमुख मानबहादुर जिसीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

यसैगरी गोखार्ज टिमले ५१ हजार १ सय ११ रुपैया सहयोग गरेको छ भने, कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद विद्या भट्टराईले ५० हजार सहयोग गरेकी छन् । उनले पोखरामहानगरका प्रमुख जिसीलाई सोमबार चेक हस्तान्तरण गरेकी हुन् ।

मिलिजुली बचत तथा ऋण सहकारी संस्थाले पनि ५० हजार ५ सय ३१ रुपैयाँ र धर्मकाँया बुद्ध मण्डला पोखरा काहुँले पनि १५ हजार १५ रुपैयाँ महानगरको कोषमा सहयोग गरेको छ ।

पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडलका अनुसार राहत कोषमा हालसम्म जम्मा भएको रकम मध्ये ३ करोड २० लाखको राहत वितरण गरिएको छ ।

पोखरा महानगरपालिकाको प्रकोप व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२००३०७०२०००२ मा रकम जम्मा गर्न सकिने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width