प्रधानमन्त्रीको चीन भ्रमण

सम्पादक
असार ५, २०७५

१. प्रधानमन्त्री के.पी. ओली ५ दिनको औपचारिक भ्रमण गर्न आज चीन जाँदैछन्। उनी चीनका प्रधानमन्त्री लि खछाङको निमन्त्रणामा त्यस तर्फ जान लागेका हुन्। उनी ८ गते आफ्नो भ्रमण पूरा गरेर स्वदेश र्फकने छन्। उनको भ्रमण टोलीमा ४ जना मन्त्री सहित १२० जनाको जम्बो टोली हुने जनाइएको छ।

२. प्रधानमन्त्री के.पी. ओलीको चीन भ्रमणलाई नेपालमा ज्यादै महत्वका रुपमा हेरिएको छ। आफ्नो भ्रमणका क्रममा उनले आफ्ना समकक्षी लिखछाङसँग महत्वपूर्ण वार्ता र्नेछन्। साथै उनले चीनका राष्ट्रपति सिजिनपिङसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उनले विगतमा गरिएको सहमति र समझदारीमा हस्ताक्षर पनि गर्ने छन्।

३. सत्तारुढ नेताहरुले प्रधानमन्त्रीको यो भ्रमणबाट यो उपलब्धि हुनेछ, त्यो हुनेछ भनेर धेरै आशा अपेक्षा गरेका छन्। प्रधानमन्त्री ओलीले रेल, एउटा विद्युत् परियोजना र पूर्वाधारका केही कुरा अनुदानमा बनाइदिन विशेष आग्रह गर्ने र चीनले प्रधानमन्त्रीको आग्रह स्वीकार्ने जनाएका छन्।

४. रेल मार्ग नेपालीहरुको ठूलो आकांक्षा हो। प्रधानमन्त्री ओलीको भारत भ्रमणमा रेल मार्ग र जल मार्गको कुरा आएको थियो। चीनले रेलमार्गको लागि प्रारम्भिक अध्ययन पनि गरेको छ। यस पटकको अको महत्वपूर्ण विषय विद्युत् प्रसारण लाइन हिमाल पार गर्दै तिब्बत पुर्‍याउने विषय पनि छ।

५. चीनको वानवेल्ट वान रोडको अवधारणा अनुसार धेरै पूर्वाधारका कुरा चीनले बनाइदिने नेपालको अपेक्षा छ। नेपालले त्यस अवधारणामा हस्ताक्षर गरी चीनले आयोजना गरेको सम्मेलनमा सहभागी पनि भइसकेको अवस्था छ। सहयोग के कति हुन्छ, त्यो यस भ्रमणबाट स्पष्ट हुनेछ।

६. नेपालमा तिब्बती शरणार्थीहरु भएका र उनीहरुको गतिविधिलाई चीनले संवेदनशील मानेर सशंकित दृष्टिले हेर्ने गरेको छ। तर नेपालले तिब्बती शरणार्थीको विषय उठाएर कतै कुरा गरेको छैन। यो समस्या सुल्झाउनु आवश्यक छ। यसअघि नेपालको लिपुलेक भञ्ज्याङ जुन चीन र भारतले व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने सम्झौता गरेका छन्, त्यसमा नेपालको आपत्ति छ। यो सम्झौतामा नेपाललाई पनि सहभागी गराउनु पर्दछ भन्ने कुरा  पनि प्रधानमन्त्री के.पी.ओलीले राख्नु पर्दछ।

७. चीनले नेपाललाई दिने कुरा सौहार्दतामा आधारित हुन्छ। तर किन किन यस पटक नेपालीहरुले चीनबाट धेरै नै आशा अपेक्षा गरेका छन्। दुर्इ देशका बीच भ्रमण पनि धेरै पटक भएका छन्। भिजिट नेपाल-२०२० मा चिनिया पर्यटकहरु धेरै भन्दा धेरै आओस् भनेर प्रधानमन्त्रीको भ्रमणको क्रममा दौडको कार्यक्रम पनि राखिएको छ।यसपटक हाम्रा प्रधानमन्त्रीको व्यस्त कार्यक्रम छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width