विश्व पर्यटन दिवसको उपलक्ष्यमा आज संसारभर विभिन्न कार्यक्रम राखेर पर्यटन दिवस मनाइ रहेका छन् । संयुक्त राष्ट्र संघले २७ सेप्टेम्बरका दिन पर्यटन दिवस मनाउने निर्णय गरेअनुसार सन् १९८० देखि यो दिवस मनाउन लागेको हो । मानिसहरु एक ठाँउदेखि अर्काे ठाँउमा तथा एक देशबाट अर्काे देशमा गएर यात्रा गर्ने चलन परापूर्व कालदेखिको हो । त्यसरी यात्रा गर्दा नयाँ नयाँ कुराको अवलोकन गर्न पाउने, सिक्न पाउने भएकाले यात्राको सम्बन्धमा धेरै लेखिएको छ । यात्राले एक आपसमा समझदारी बढाउने र सांस्कृतिक आदान–प्रदानमा सघाउने भएकाले जति पछि भयो उति यसको महत्व बढ्दै गएको छ । पहिले पैदल हिँडेरै यात्रा गर्नु पर्दथ्यो भने पछि सडक यातायातको बिस्तार र हवाइजहाजको समेत अविष्कार भएपछि यात्रालाई सरल र सुविधा बनाएको छ । यात्रा गर्नु अहिले फेसनजस्तै भएको छ ।
हाम्रो देशमा हिमाल, पहाड र तराई भएकोले हाम्रो देश पर्यटनका लागि उत्कृष्ट गन्तव्य मानिएको छ । विश्वको सर्वाेच्च शिखर सगरमाथा र उच्च हिमशृंखलाले सधैं हिमाल आरोहीहरुलाई आकर्षिक गरेका छन् । हाम्रा पहाड र तराईले पनि मानिसहरुलाई उत्तिकै लोभ्याउने गरेका छन् । त्यसको साथै हाम्रो सांस्कृतिक विरासत पनि उच्च कोटीका छन् । शान्ति नामक भगवान् बुद्धको जन्मस्थल पवित्र लुम्बिनीले संसारका बौद्ध अनुयायी एवं शान्तिकामीहरुलाई जीवनमा एक पटक आउनै पर्ने गरेका छन् भने हिन्दुहरुको आस्थाका केन्द्रको रुपमा रहेको पशुपतिनाथले उत्तिकै आकर्षित गरेका छन् । यस्ता धेरै सांस्कृतिक सम्पदाहरु हामीसँग छन् । आदिवासी जनजातिका संस्कृतिहरुलाई पनि विदेशीहरुले अत्यधिक मन पराउने गरेका छन् ।
केही वर्षदेखि पर्यटकलाई हाम्रो देशमा उद्योगका रुपमा लिने गरिएको छ । अरु उद्योगहरुले वातावरण र पर्यावरणलाई नराम्रो प्रभाव पार्दछ भने पर्यटन उद्योगले त्यस्तो नराम्रो केही गर्दैन । फेरि हाम्रो देशको हावापानी राम्रो भएकाले बाह्रै महिना यहाँ पर्यटनसम्बन्धी विविध गतिविधि भएको पाउन सकिन्छ । कोरोनाका कारण लामो समय थलिएको पोखराको पर्यटन क्षेत्र कसरी पहिलेकै अवस्थामा फर्काउनेबारे पर्यटन व्यवसायी चिन्तित छन् । यहाँको रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) ले आज फेवा तालको किनारामा मिनी सडक महोत्सवको आयोजना गर्दै छ । रेवानले कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर वाराही चोकदेखि खरहेसम्म महोत्सवको तयारी गरेको छ । पोखराको पर्यटन उद्योगलाई चलायमान गर्नका लागि पर्यटन व्यवसायीहरुले अरु पनि धेरै कार्यक्रम राखेका छन् । जसले गर्दा ‘पोखरा घुम्नका लागि, अब सुरक्षित छ है’ भन्ने सन्देश प्रवाहित हुने अपेक्षा गरिएको छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१