१. पोखरा तालको सहरको रुपमा पनि चिनिन्छ । पोखरासँगैको लेखनाथले पोखरा महानगरमा जोडिनु अघि आफुलाई अलग्गै सात तालको सहर को रुपमा चिनाउने गर्दथ्यो । पोखरामा रहेको फेवा र बुडुवा तथा लेखनाथमा रहेको वेगनास, रुपा, खास्टे, मैदी, गुँदी, न्यूरेनी, दीपाङ गरी यहाँ नौ वटा ताल रहेका छन् । पोखरा–१३ मा रहेको बुडुवा तालको चर्चा त्यति भएको पाइदैन ।
२. ताल पर्यटकका लागि दृष्यावलोकन, डुङ्गा चलाएर मनोरञ्जन मात्र नभएर मत्स्य पालन गरी आय आर्जन गर्ने माध्यम पनि हो । फेवा, वेगनास र रुपा तालको माछा प्रसिद्ध छ । फेवा र वेगनास तालमा मत्स्य विकास केन्द्र सञ्चालित छ । ती केन्द्रबाट माछाका भुरा उत्पादन गरी विक्री वितरण हुँदै आएको छ । यसैगरी पोखरा, वेगनास र रुपामा केजमा माछा पालन गरिएको छ । स्थानीय जलहारी लगायतका समूहले आ–आफ्नै किसिमले माछा पालन गर्दै आएका छन् ।
३. हाल आएर खास्टे, दिपाङ, न्यूरेनी, गुँदी, मैदी तालमा पनि सामुहिक रुपमा माछपालन गर्न थालिएको छ । केही तालहरुका सहकारीहरुले नै लगानी गरेर माछाको उत्पादन सुरु गरिसकेका छन् । खास्टे कृषि तथा मत्स्य सहकारी संस्थाले खास्टे र गुँदेमा माछा पालन गरेको छ । यसैगरी दिपाङ तालमा पनि दिपाङ मत्स्य तथा कृषि सहकारीले माछा उत्पादन सुरु गरी सकेको छ । मैदी ताल संरक्षण विकास समाजले पनि मैदीमा माछाको भुरा छाडी काम अघि बढाएको छ । अरु तालमा पनि सामुहिक माछापालन सुरु भएको छ ।
४. फेवा, वेगनास, रुपा बाहेकका तालहरु साना रहेको, त्यसमा पनि हिउँदमा पानी धेरै कम हुने र कतिमा त दलदल मात्र रहने गरेको अवस्था छ । ती तालहरु सरसफाई गरी पुरिएको माटो निकाल्नु पर्ने र तालको सीमा सम्म नै पानी अडिने अवस्थामा पुर्याउन लगानी आवश्यक छ । ती कार्यका लागि स्थानीय श्रोत साधनको कमी रहेकोले महानगर तथा प्रदेश सरकारको पनि सहयोग जरुरी छ । प्रत्येक तालमा गुरुयोजना नै तयारी गरी त्यसको सक्दो उपयोगको नीति बनाउनु पर्दछ ।
५. मत्स्य पालन पर्यटनका लागि पनि आकर्षणको विषय हो । तालको संरक्षणमा माछापालन नै सहयोग पुग्दछ । तालमा माछा हेर्न, माछा मार्न तथा माछा खानाका लागि पनि मानिसहरु आउने गर्दछन् । मत्स्यपालनबाट धेरै रोजगारी पनि बढ्छ । ताल मात्र होइन पानीको सुविधा भएको ठाउँमा पोखरी खनेर पनि माछापालन गर्न सकिन्छ । माछाको उत्पादन बढाएर आत्मनिर्भर बन्ने प्रयास गर्नुपर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१