सत्तापक्ष र प्रतिपक्ष भनेको ठीक विपरीत जस्ता देखिन्छन् । तिनीहरुमध्ये एउटा पूर्व फर्कन्छ भने अर्काे पश्चिम । राजनीतिमा यो देखिएको कुरा हो तर तिनीहरुको कहिलेकाहीँ एउटै स्वर एउटै आवाज पनि हुन्छ । त्यो कुरा गण्डकी प्रदेशसभाको चालू विशेष अधिवेशनमा देखिएको छ । विशेष अधिवेशनमा दुवै पक्षको एउटै स्वर सुनिएको छ । त्यो पनि यस्तो बेलामा तिनीहरुको स्वर एउटै भएको छ, जबकि देशको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी विभाजित भएको छ र प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका छन् । त्यसले जताततै हलचल मच्चाएको छ । विवाद उत्पन्न गरेको छ । नेकपाभित्र त ७/८ स्केलको भूकम्प आए जस्तै भएको छ । संगठन प्रायः भताभुङ्ग भएको छ तर प्रदेशसभामा त्यसको प्रभाव देखिएको छैन ।
सामान्यतया सत्तापक्ष प्रतिपक्षको प्रस्ताव भन्नासाथ नकारात्मक सोच राख्छ । त्यसलाई पन्छाउने प्रयास गर्दछन् । गण्डकी प्रदेशमा पनि त्यस्तो भएको छ तर नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले कोभिड–१९ नियन्त्रण, व्यवस्थापन र उपचार तथा मूल्यवृद्धि, बेरोजगार र बजेट कार्यान्वयन विषयमा गम्भीर नभएको भन्दै माग गरेको विशेष अधिवेशनले भने सकारात्मक सन्देश दिएको छ । मंगलबारदेखि चालू विशेष अधिवेशनमा नेकपा संसदीय दलको नेता मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ साझा शत्रुविरुद्ध लड्न साझा संकल्पको रुपमा बढ्दा राम्रो हुन्छ भने साझा संकल्प प्रस्तावको रुपमा ल्याउने सहमति जनाए । सत्तापक्ष र प्रतिपक्षको सहमतिअनुसार कोभिड–१९ को विषयलाई साझा संकल्प प्रस्तावरुपमा पारित गर्ने र मूल्यवृद्धि, बेरोजगार र बजेट कार्यान्वयन विषयलाई विशेष सार्वजनिक प्रस्ताव बनाएर पारित गरिने भएको छ । तिनीहरुको त्यो सहमति यहाँ चर्चाको विषय भएको छ ।
साथै यो पनि चर्चाको विषय भएको छ कि नेकपा (दाहाल–नेपाल) पार्टी देशव्यापीरुपमा फुटेर पनि गण्डकी प्रदेशसभामा फुटेको देखाउन सकेनन् । त्यत्तिमात्र होइन, ओली पक्षका मुख्यमन्त्री गुरुङकै नेतृत्वमा उनीहरु चुपचाप मन्त्री भएरै बसिरहेका छन् । अत्यधिक बहुमतको प्रभाव कस्तो हुन्छ भन्ने कुरा यहाँ देखिन्छ । मुख्यमन्त्री गुरुङले विशेष अधिवेशनमा विषयवस्तुदेखि बाहिर गएर प्रधानमन्त्री ओलीको खुलेरै प्रशंसा गरे । त्यो उनले जे भने पनि अब कोभिड–१९ को निःशुल्क उपचारलगायतका जुनकुरा विशेष अधिवेशन विषयवस्तु छ, त्यसलाई पारित गर्नेमात्र होइन, इमानदारीसाथ अक्षरसः कार्यान्वयन गर्नेतिर समेत ध्यान पु¥याउने भनी अपेक्षा गरिएको छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१