नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत शनिवार आह्वान गरेको नेपाल बन्द आंशिक सफल भएको प्रक्षेपण गरिएको छ । आफ्ना २ जना नेताहरु मकवानपुरबाट पक्रेको भनेर त्यस पार्टीले बन्दको आह्वान गरेको थियो । त्यो बन्दले सरकारलाई के–कति प्रभाव पार्यो, त्यो प्रष्ट भएको छैन तर त्यसले आर्थिकजगतलाई धेरै क्षति पुर्याएको छ । विगतमा श्रृंखलाबद्ध बन्दको कार्यक्रमबाट देशले धेरै–धेरै आर्थिक क्षति भोग्नुपरेको सर्वविदित छ । आमनिर्वाचन पश्चात् बन्दको घटनामा कमी आएको छ । त्यसमा कमी आएपछि अर्थ, उद्योग, व्यवसाय एवं शिक्षण संस्थाहरु सुचारु रुपले चल्न थालेको के थियो कि लकडाउन मारमा पर्नु पर्यो ।
कोभिड–१९ ले जनधनको ठूलो क्षति गरेको छ । त्यसको क्षतिबाट पार पाउन देशलाई धेरै वर्ष लाग्नेछ । त्यसको महामारीबाट तङ्ग्रिन नपाउँदै देशमा फेरि राजनीतिक विवाद चर्केको छ । सडकमा दिनहुँ नारा जुलुस घन्किरहेको छ । आफ्नो शक्ति प्रदर्शन गर्न राजनीतिक पार्टीहरु अग्रसर भएका छन् । राजनीतिक पार्टीहरुको यो विवाद कहाँ गएर कसरी टुङ्गिन्छ भन्न सकिने स्थिति छैन । दिनहुँ नाराजुलुस र शक्ति प्रदर्शनले पनि धेरै हानीनोक्सानी गरेको छ भने त्यसमा पनि बन्दको आह्वान गरिएमा त्यसको परिणाम के होला भनी सर्वसाधारण आत्तिन थालेका छन् । एक दुई जना शीर्षनेताहरुले श्रृंखलाबद्ध बन्दको कुरा पनि गरेका छन् । १/२ दिनको बन्दले त अर्बौको क्षति गर्दछ भने श्रृंखलाबद्ध बन्द भएमा फेरि कति कष्टकर जीवनयापन गर्नुपर्ने हो, त्यो कुराले मात्र पनि वातावरण त्रसित भएको छ ।
नेताहरु आपूm मिल्न जान्दैनन्, मिलेर काम गर्न जान्दैनन् । त्यसको प्रतिफल सर्वसाधारण जनताले भोग्नु परिरहेको छ । मतदाताले पार्टीलाई चाहिने आवश्यक बहुमत दिएको नेताहरुले सदुपयोग गर्न जानेनन् या सकेनन् । यिनीहरुको निहित स्वार्थले गर्दा सत्तारुढ पार्टी नेकपा दुई चिरामा विभाजित भयो । जसको परिणाम सडकमा देखिएको छ । स्थिति संवेदनशील छ । सत्तारुढ पार्टी मात्र होइन, अन्य पार्टीहरु पनि उत्तेजित छन् । नेताहरुले विवेक गुमाए भने नेपाल बन्द आह्वान गर्न पनि सक्छन् । त्यसरी कसैले विवेकहीन भएर नेपाल बन्द र हड्ताल आह्वान नगरोस् भनी हामी अपिल गर्दछौं ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१