माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी ओलीको सबभन्दा चर्काे विरोधीका रुपमा देखिएका छन् । उनी र एमालेका वरिष्ठ नेता माधव नेपालले सर्वाेच्च अदालतले प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभा विघटनको मुद्दामा हराएपछि खुसी भएर मिठाइ खाएका थिए । त्यसबेलादेखि तिनीहरुको प्रयास प्रधानमन्त्री ओलीलाई हटाउने रहेको छ । तिनीहरुले त्यसैबेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव पनि गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको कार्यक्रममा दिन तोकेर अबको १० दिनमा आफ्नो सरकार बन्ने घोषणासमेत गरेका थिए । केन्द्रमा सुरु भएको विवादको बाछिटाले प्रदेशस्तरमा समेत असर पारेको छ । बलियो मानिएको गण्डकी प्रदेश सरकार पनि अहिले डिलमा पुगेको छ । माओवादीले समर्थन फिर्ता लिइसकेको छ भने जनमोर्चाले पनि सरकारलाई साथ नदिने बताइसकेको छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले केन्द्रमा सरकार फेरिने घोषणा गरेको पनि १ महिना पुग्न लागेको छ । तर माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन आजसम्म फिर्ता गरेको छैन । मुखले अपदस्थ गर्ने भन्ने तर व्यवहारमा सरकारलाई दिएको समर्थन फिर्ता नगर्दा त्यसले विश्वासको वातावरण बन्नमा अवरोध गरेको छ । के कारणले समर्थन फिर्ता लिन नसकेको हो शंकाकै विषय बनेको छ ।
कांग्रेस सभापति देउवाले त्यो कुरा धेरैपटक भनिसकेका छन् । तर पनि समर्थन फिर्ता गरिएको छैन । एकातिरको स्थिति यस्तो छ भने अर्काेतिर प्रधानमन्त्रीका रोलक्रममा रहेका देउवा आफैं ओलीलाई हटाउने काममा सक्रिय नभएको गुनासो पनि छ । देउवाले भने स्थिति परिपक्व नभएको भन्दै माओवादी केन्द्र र जनता समाजवादीलाई देखाउने गरेका छन् । जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीलाई अपदस्थ गर्ने सम्बन्धमा कुनै निर्णय गरेको छैन । त्यसपार्टीका दुईजना नेताहरु बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीको विपक्षमा छन् भने अर्काे नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो आफ्ना माग राखी प्रधानमन्त्रीसँग वार्ता गरिरहेका छन् । निर्णायक स्थितिमा रहेको जसपाले कुनै निर्णय नगर्नु पनि रहस्य मानिएको छ । यस किसिमले देशका ४ राजनीतिक पार्टीहरु चारतिर फर्केका छन् । प्रधानमन्त्रीको पार्टी एकातिर फर्कनु स्वाभाविक हो तर प्रतिपक्षमा रहेका भनिएका कांग्रेस र माओवादी केन्द्र र जसपाको पनि एकै विचार भएको देखिँदैन । जसले गर्दा राजनीतिमा विश्वासको संकट देखिएको छ । यो संकट नरहेसम्म ओली सरकार कमजोर भए पनि अपदस्थ हुने स्थिति छैन ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१