१. अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले क्षति पुर्याएको छ । पहिरोले पुरिएर धेरैजनाको ज्यान गाये । धेरै घरवास विहिन बनेका छन् । पहिरोकै डरका कारण कति गाउँ छाडेर अन्यत्र सरेका छन् । उनीहरुलाई गास वासकै समस्या छ ।
२. पहिरो पीडितहरुलाई कहि पाल टाँगेर, कहि विद्यालय तथा सार्वजनिक भवनहरुमा राखिएको छ । बृद्धबृद्धा, सुत्केरी तथा बालबालिकाहरुले कष्ट भोग्नु परिरहेको छ । समयमा राहत सामग्री पुग्न नसक्दा उनहिरु विचल्लीमा छ । स्थानीय तहबाट भएको सहयोग अपुग भएको छ ।
३. सुगम स्थानमा राहत जुटे पनि दुर्गम स्थानहरुमा संघसस्थहरु पनि पुग्न सकेका छैनन् । म्याग्दीका पहिरो पीडितहरुले धेरै कष्ट मोग्न पररहेको समाचार आएको छ । दाताले दिएको राहत सामग्री सदरमुकाममै थुप्रिरहेको छ । पहिरोले अवरुद्ध सडक, घोरेटो वाटो समेत खुल्न नसक्दा उक्त समस्या आएको छ ।
४. खाद्यन्न र कपडाको अभावमा भोक र चिसोले गर्दा सार्वजनिक भवनमा बसेकाहरु विरामी पर्न थालेका छन् । झाडा पखलाबाट महामारी फैलिने डर छ । स्वच्छ खानेपानी, चर्पी तथा सरसर्फाको अभावको उक्त अवस्था आएको हो । औषधीमुलोको व्यवस्था हुन सकेको छैन ।
५. बाढी पहिरो पीडितहरुले भोग्नु परेको समस्याप्रति सम्बन्धित निकायको तुरुन्त ध्यान जानुपर्दछ । समयमै दिइएको सहयोगको महत्व हुन्छ । उद्धारमा ढिलाई हुँदा अरु धेरै क्षति हुन सक्छ । यस्तोवेला सरकारले पनि उद्धार सामग्रीहरु तयार राखी आवश्यक स्थानमा तुरुन्त पुर्याउने व्यवस्था गर्नुपर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१